एजेन्सी । काउन्टी क्रिकेट क्लब ह्याम्पशायरले अष्ट्रेलियन स्पिनर नाथन लायनसँगको सम्झौता रद्द गरेको छ ।
कोरोना भाईरसको कारण इंग्ल्यान्डको क्रिकेट गतिविधि मे २८ भन्दा अघि बन्द हुने भएपछि क्लबले नाथनसँगको सम्झौता रद्द गरेको हो ।
ह्याम्पशायरले बलर नाथनसँग काउन्टी च्याम्पियनसिपका लागि सम्झौता गरेको थियो ।
३२ वर्षे नाथनसँग ह्याम्पशायरले यस सिजनको सुरुवाती खेल खेल्ने गरि सम्झौता गरेको थियो । तर, कोरोनाको कारण काउन्टी अन्योलमा रहेको छ ।
'नाथनको म्यानेजमेन्टसँगको छलफलपछि सम्झौता रद्द गर्ने निर्णय गरिएको छ,' क्लबका डिरेक्टर गिल्स व्हाइटले भनेका छन् ।