एजेन्सी । ओलम्पिकमा स्वर्ण पदक विजेता इंग्ल्यान्डका पौडीवाच एडम पेटीले कोरोना भाईरसविरुद्ध लड्न १७ हजार पाउण्ड डलर सहयोग गरेका छन् ।
२४ वर्षे पौडीवाचले नेसनल हेल्थ सर्भिस (एनएचएस) का लागि १७ हजार पाउण्ड सहयोग गरेका हुन् ।
कोरोनाको कारण इंग्ल्यान्डमा ८ हजार बढीको मृत्यु भईसकेको छ । यस्तै ७० हजार बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।
एडमले सन् २०१६ मा भएको रियो ओलम्पिकमा १०० मिटर ब्रेस्टस्टोक्समा स्वर्ण जितेका थिए ।
एडमले ५० र १०० मिटरको ब्रेस्टस्टोक्समा कीर्तिमान बनाएका छन् ।