एजेन्सी । कोरोना भाईरसको महामारीको कारण यसै वर्ष हुने एसिया कप अन्योलमा परेको छ ।
पछिल्लो समय कोरोनाको कारण सबै खेलकुद प्रतियोगिता स्थगित हुँदै आएको छ । त्यसैको मारमा एसिया कप समेत पर्ने देखिएको छ ।
यद्दपी, पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष ईशन मणीले यसबारे निर्णय नभएको बताएका छन् ।
'एसिया कपबारे अहिले भन्न सकिने अवस्था छैन । यसको निर्णय समेत भएको छैन । अहिलेको अवस्थामा पुरै विश्व तनाबमा छ,' अध्यक्ष मणीले भने, 'सेप्टेम्बरमा थाहा छैन के हुनेछ । मलाई गलत नसम्झनुस, यसमा धेरै कुराको प्रभाव पर्नेछ । केही महिनामा सबै निर्णय हुने छ ।'
यस वर्ष एसिया कप पाकिस्तानमा आयोजना हुने तालिका छ । तर, भारत र पाकिस्तानको सम्बन्धको कारण यूएईमा सर्न सक्ने बलियो सम्भावना रहेको छ ।
यसबारे समेत ईशानले केही महिनामा छलफल हुने र ठोस निर्णय लिने बताए ।
यस पटकको एसिया कप टी-ट्वान्टी फर्म्याटमा हुनेछ । प्रतियोगिता सेप्टेम्बरमा हुने तालिका रहेको छ ।