एजेन्सी । कोरोना भाईरसको महामारीको कारण इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको टेष्ट सिरिज सर्ने सम्भावना बढेको छ ।
इंग्ल्यान्डले घरेलु मैदानमा आगामी जुनमा वेष्ट इण्डिजको आथित्यता प्रदान गर्दैछ । तर, कोरोनाको कारण तोकिएको मितिमा सिरिज हुनेमा शंका उब्जिएको छ ।
इंग्ल्यान्डले घरेलु मैदानमा तीन खेलको टेष्ट सिरिज खेल्ने तालिका रहेको छ । पहिलो खेल द ओभलमा जुन ४ मा सुरु हुने तालिका रहेको छ ।
तर, कोरोनाको कारण मे २८ सम्म इंग्ल्यान्डमा सम्पूर्ण क्रिकेट गतिविधि बन्द गरिएको छ । जसको कारण सिरिज अन्योल बनेको छ ।
इंग्ल्यान्ड क्रिकेट बोर्डका क्रिकेट डिरेक्टर एशले गिल्सले सिरिजको विकल्प खोजिरहेको बताएका छन् ।
'हामीले विकल्पहरू हेरिरहेका छौँ । समरमा क्रिकेटलाई कति माथि लैजान ,' गिल्सले भनेका छन् ।
यता, वेष्ट इण्डिजले कोरोनाबाट सुरक्षित रहेको भन्दा आफ्नो देशमा खेल इंग्ल्यान्डलाई प्रस्ताव गरेको छ ।