एजेन्सी । अष्ट्रेलियाका बलर प्याट कमिन्स बन्द रंशगालामा ईन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न तयार देखिएका छन् ।
उनले दर्शकलाई असुरक्षा महशुश हुने भए ढोका बन्द गरेर आईपीएल सञ्चालन गर्न सकिने विकल्प प्रस्तुत गरेका हुन् ।
आईपीएलको यस सिजन मार्च २९ देखि अप्रिल १५ सम्म स्थगित छ । कोरोना भाईरसको कारण आईपीएलको निर्धारित मिति सारिएको हो ।
तर भारतमा बढ्दो कोरोनाको प्रभावका कारण लकडाउनको समय अझै बढ्न सक्ने बताईएको छ । लकडाउनको समय बढेको अवस्थामा यस सिजनको आईपीएल रद्ध हुने सक्ने धेरैको अनुमान छ ।
दर्शक बिनाको खेलमा आईपीएलमा सहयोग रहन्छ त भन्ने बीबीसीको प्रश्नमा कमिन्सले भनेका छन्, ‘निश्चित रुपमा । जुन कोशिश गरेपनि, क्रिकेट माथि उठ्छ । ठुलो खेल सुरक्षित रुपमा खेल्नपर्छ ।’
ईङ्ल्याण्डको क्रिकेट समेत मे २८ सम्मका लागि स्थगित गरिएको छ । ईङ्ल्याण्डको पहिलो खेलको तालिका जुन ४ देखि सुरु छ ।
कमिन्स टेष्ट क्रिकेटका शीर्ष तहका बलर हुन् र उनी यस बर्षका शीर्ष ५ बलर मध्यका एक हुन् । उनले कोलकत्ता नाईट राईडर्ससंग कीर्तिमानी १७ करोड रुपैयाँको सम्झौता गरेका छन् । उनी आईपीएल ईतिहासका सबैभन्दा महङ्गा बिदेशी खेलाडी समेत हुन् ।
२६ बर्षका बलर कमिन्सले प्रतियोगिताका लागि आफु निकैनै उत्साहित रहेको बताउँदै आईपीएल चाँडै सुरु भएमा आश्चर्यजनक हुने टिप्पणी गरे ।
‘पहिलो प्राथमिकता सुरक्षानै हो । दोस्रो कुरा भनेको सामान्य अवस्थामा फर्कनु हो र सन्तुलनको खोजी गर्नु हो ।’ उनले भनेका छन् ।
‘यदी दुर्भाग्यपूर्ण रुपमा मानिसहरु भएनन् भने भएनन् । तर आशा गरौ मानिस घर बसेर टिभीमा हेर्न सकुन ।’ उनले थपे ।
‘यस पटक भिन्न तरिकाको अनुभव हुनेछ । मानिसले भारतमा क्रिकेट खेल्ने बीचको अन्तर सोध्ने क्रममा पहिलो कुरा दर्शक हुने गर्दथ्यो ।’ कमिन्सले भनेका छन् ।
उनले भारतमा क्रिकेट खेल्दा दर्शकले फरक पार्ने बताउँदै केही समयका लागि हरेक टिमले सो कुराको अभाव महशुश गर्ने उल्लेख गरे ।
पुर्व निर्धारित तालिका अनुसार आईपीएल मे २४ मा समापन हुने उल्लेख गरिएको थियो ।