एजेन्सी । जापानले टोकियो ओलम्पिक खेलकुदको दिप प्रज्वलनको प्रदर्शनी स्थगित गरेको छ ।
कोरोना भाईरसको कारण जापान सरकारले संकटकाल घोषणा गरेसँगै ओलम्पिक दिपको प्रदर्शनी बन्द गरिएको हो ।
कोरोनाकै कारण एक वर्ष पछि सरेको टोकियो ओलम्पिकको दिप फुकुशिमा प्रान्तमा प्रदर्शनीका लागि राखिएको थियो ।
तर, प्रधानमन्त्री सिन्जो आबेले मंगलबार रोकोना रोकथामका लागि टोकियोसहित ७ प्रान्तमा संकटकालको घोषणा गरेका थिए । जसको कारण दिपको प्रदर्शनी रोकिएको हो ।
एक वर्ष स्थगित विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । यस अघि टोकियो ओलम्पिक यहिँ जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो ।
आगामी वर्ष आयोजना हुने भएपनि प्रतियोगिताको नाम 'टोकियो ओलम्पिक गेम्स २०२०' नै रहने भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट राखेको बैठकमा ओलम्पिक टर्च टोकियो पुगिसकेकोले नाम नफेर्ने सहमति बनेको थियो ।