एजेन्सी । भारतको ठुलो तथा चर्चित फ्रेन्चाइज लिग इण्डियन प्रिमियर लिग (आईपीएल) यो वर्ष रद्द हुने सम्भावना बढेको छ ।
विश्वभर त्रासको रुपमा फैलिएको कोरोना भाईरसको महामारी कायम रहेपछि आईपीएल रद्द हुने सम्भावना बढेको हो ।
कोरोनाको कारण आईपीएलको यस संस्करण तोकिएको मिति भन्दा १७ दिनपछि सरेको छ । अब प्रतियोगिता आगामी अप्रिल १५ बाट सुरु हुनेछ ।
तर, कोरोनाले भारतमा महामारीको रुप लिदै गएपछि आईपीएल नहुने सम्भावना बढेको हो ।
कोरोनाले भारतमा ३० भन्दा बढी मृत्यु भईसकेको छ । र, सरकारले अप्रिल १४ सम्म लकडाउनको घोषणा गरेको छ ।
त्यसैले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) प्रतियोगिता रद्द गर्ने योजनामा रहेको इन्डियन एक्सप्रेसले जनाएको छ ।
'यस वर्ष आईपीएल हुने छैन। अब अर्को वर्ष हुनेछ। हामी सबैलाई थाहा छ देशको अवस्था कस्तो छ र कसैले पनि कुनै जोखिम लिने छैन,' बीसीसीआई स्रोतले इन्डियन एक्सप्रेसलाई भनेको छ।
लकडाउनसँगै भारतमा विदेशी आगमन समेत रोकिएको छ । त्यसैले वैदेशिक खेलाडी आईपीएलको लागि आउने सम्भावन समेत कम रहेको छ ।