एजेन्सी । कोरोना भाईरसको महामारीविरुद्ध लड्न भारतीय क्रिकेटर अजिन्का रहानेले १० लाख भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
भारतीय टेष्ट टिमका उपकप्तान समेत रहेका रहानेले आइतबार महाराष्ट्र मुख्यमन्त्री राहत कोष १० लाख सहयोग गरेका हुन् ।
चीनबाट फैलिएको कोरोनाको कारण भारत पनि प्रभावित भएको छ । भारतमा २५ जनाको मृत्यु भईसकेको छ ।
यस अघि पूर्व क्रिकेटर सचिन तेन्दुलकरले ५० लाख, राष्ट्रिय टोलीका सदस्य सुरेश रैनाले ५२ लाख तथा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ५१ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।