सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

ठुला क्लबलाई आर्थिक संकट !

शनिबार, चैत १५, २०७६नमीन ढकाल
ठुला क्लबलाई आर्थिक संकट !
Classic Tech Internet Ad

काठमाडौं । कोराना भाईरसले विश्व समुदाय प्रभावित छ । विश्वभरका सम्पुर्ण गतिविधि ठप्प जस्तै छन् । विश्व अर्थतन्त्र बिकराल अवस्थातर्फ अग्रसर हुदैछ ।

कोरोनाको असरबाट विश्व खेलकुद पनि अछुतो रहेन । खेल अर्थतन्त्र अझै नराम्रोसंग प्रभावित हुने देखिन्छ ।

खेलकुदमा पनि फुटबल सबैभन्दा धेरै प्रभावित छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा हुँदै विभिन्न देशले सञ्चालन गर्ने क्लब फुटबल कोरोनाबाट प्रताडित बनेका छन् ।

युरोप लगायत विश्वभरका फुटबल प्रतियोगिता रोकिएका छन् । कहिले खुल्ने टुङ्गो छैन । विश्वभरका ठुला क्लबमा आर्थिक संकट देखिन थालिसकेको छ ।

खेलको अर्थशास्त्र फेल बनेको छ । प्रतियोगिता अनिश्चित छन् । दर्शक छैनन् । रंगशाला बन्द गरेर खेलाउन मिल्ने पनि अवस्था छैन । ठुला लगानीका क्लबहरु धरासायी बन्ने देखिन्छ ।

यसको असर नेपाली फुटबलमा पनि देखिन थालेको छ । नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्पुर्ण फुटबल गतिविधि स्थगित गरेको छ ।

ठुला क्लब समावेश गर्दै मोफसलमा चल्ने गोल्डकप तथा बी र सी डिभिजनका प्रतियोगिता अनिश्चितकालका लागि स्थगित छन् ।

कोरोनाकै प्रभावले बी डिभिजन लिग चालू अवस्थामै एन्फाले स्थगित गर्नुपर्ने स्थिती बन्यो ।

सुरुवाती अवस्थामै बी डिभिजन क्लबले नोक्सानी ब्यहोरेका छन् । लिग अनिश्चित बन्दा क्लबको अनुमानित बजेट बढ्ने देखिन्छ, जसले क्लबलाई घाटामा लैजानेछ ।

त्यही समस्या शीर्ष डिभिजन खेल्ने ठुला क्लबलाई परेको छ । प्रतियोगिता नहुदाँ खेलाडीमा गरेको लगानी खेर गएको क्लबहरु बताउँछन् ।

प्रतियोगिता ठप्प हुँदा खेलाडीको तलबको बिषयलाई क्लबलाई पिरोलेको छ । कोरोनाका कारण सबै खेल गतिविधि ठप्प भएपछि क्लबहरुले सबै खेलाडीलाई बिदा दिएका छन् ।

यस सिजनको ए डिभिजन लिग मछिन्द्र क्लबले जित्यो । क्लब ईतिहासमा पहिलो पटक लिग जितेको उसले स्टार तथा अनुभवी खेलाडीमा ठुलो लगानी गर्यो । सोही अनुसारको सफलता लिगमा हात पार्यो । तर कोरोनाको प्रकोपसंग मछिन्द्रलाई यस सिजन घाटामा जाने देखिएको छ ।

उसले खेलाडीसँग पुरै सिजनका लागि सम्झौता गरेको छ । तर प्रतियोगिता नहुँदा लगानी उठाउने अवस्था छैन ।

पहिलो हाफमा थ्री स्टार २-० ले अगाडी ...

‘कोरोनाले गर्दा क्लबलाई धेरै नोक्सान भयो । मोफसलमा सोचेको जस्तो प्रतियोगिता खेल्न पाएनौं । खेलाडीसँग सम्झौता रहेको कारण उनीहरु बाहिर रहँदा पनि तलब दिनुपर्छ । तर खेलाडी र क्लब समझदारीमा अगाडी बढ्नुपर्छ ।’ मछिन्द्रलाई पहिलो पटक लिग च्याम्पियन बनाएका ब्यवस्थापक अनिल श्रेष्ठ भन्छन् ।

लिगमा तेस्रो भएको मनाङ मस्र्याङ्दी, चौथो भएको थ्रीस्टार र छैठौ भएको जावलाखेल समेत प्रतियोगिता ठप्प हुँदा क्लब घाटामा जाने बताउँछन् ।

लिगमा राम्रो प्रदर्शन गर्न नसकेका मनाङ र थ्री स्टार मोफसलमा राम्रो गर्ने योजना बनाएका थिए । तर एन्फाको नयाँ नियम अनुसार क्लबले एक महिनामा तीन मात्रै मोफसलका प्रतियोगिता खेल्न पाउछन् ।

मोफसलको प्रतियोगिता रोकिदाँ क्लबहरु घाटामा जाने देखिएको छ।

‘प्रतियोगिानै रोकिँदा समस्या भएको छ । घाटामा पक्कै गईन्छ ।’ मनाङका महासचिव अनिल गुरुङ भन्छन् ।

मोफसलकै प्रतियोगिताका लागि भन्दै मनाङले महङ्गा फरवार्ड ओलावाले अफिजलाई क्लबमा अनुबन्धन गरेको थियो । केही नयाँ खेलाडी थप्ने योजना समेत बनेको थियो ।

तर कोरोनाका कारण प्रतियोगिताको तालिका प्रभावित हुदाँ क्लबमाथि आर्थिक भार थपिने गुरुङ बताउँछन् ।

लिग तालिकामा शीर्ष ६ मा राख्दै राष्ट्रिय लिग पक्का गरेको जावलाखेल समेत प्रतियोगिता नहुँदा समस्यामा परेको छ ।

‘क्लब त सधै घाटामा गईरहेको छ । झन कोरोनाले गर्दा नोक्सान बढ्ने देखिएको छ । धेरै मर्का पर्ने अवस्था बनेको छ ।’ अध्यक्ष महेन्द्र क्षेत्री भन्छन् ।

लिगको शीर्ष ६ भित्र परेका दुई विभागीय टिमलाई भने कुनै समस्या देखिदैन ।

लिग उपविजेता आर्मी र पाँचौ बनेको पुलिसको टिमका खेलाडीले विभागबाटै सेवा सुविधा पाउँछन् । तर व्यवसायीक रुपमा चलिरहेको क्लब भने कोरोनाबाट धेरै प्रभावित बन्ने देखिन्छ ।

‘विभाग घाटामा जान्छ भन्ने छैन । अप्ठ्यारो पक्कै हुन्छ । तर अन्य क्लबको जस्तो अवस्था रहन्न ।’ आर्मीका पुर्व खेलाडी तथा ब्यवस्थापक चुन बहादुर थापा भन्छन् ।

हाल आर्मीमा प्रशिक्षक र ५ खेलाडी मात्रै करारमा रहेका छन् ।

दबाबमा पुलिस ! - Khelpati

ठुला क्लबलाई आर्थिक संकटको समस्या देखिएपनि ए डिभिजनमा टिक्न अन्य क्लबलाई भने कोरोनाको प्रभावले छोएको छैन ।

लिग अवधिभरका लागि मात्र खेलाडी अनुबन्धन गरेका शीर्ष ६ बाहिर क्लबले राहतको महशुश गरेका छन् ।

व्रिगेड ब्वाईज क्लबका ब्यवस्थापक अर्विन गुरुङ कोरोना लागेपनि क्लबको स्थितीमा खासै असर नगर्ने बताउँछन् ।

‘लिगको लागि मात्रै भनेर खेलाडी बनाएका थियौं । मोफसल पनि खेल्दैनौं । त्यसैले हाम्रो क्लबलाई घाटा लाग्ने अवस्था छैन ।’ रेलिगेशनबाट जोगिएको ब्रिगेडका ब्यवस्थापक अर्विन भन्छन् ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

Bajaj Pulsar Motorcycle Ad
काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

पीडामा इटाली

पीडामा इटाली

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै