९०+५ - फुल टाइम ! उरुग्वेले विश्वकपमा विजयी सुरुवात गरेको छ । जोसे मारिया गिमेन्जले उरुग्वेका लागि निर्णायक गोल गरे ।
८९ गोल ! गोल !गोल ! जोसे मारिया गिमेन्जले उरुग्वेका लागि गोल गरेका छन् !
-पोस्ट बारमा लागेर फर्कियो !
८५ - उरुग्वेलाई फ्रिकिक ! काभानी फ्रिकिक हान्न तयार
८२ - बचाउ ! एडिन्सन काभानिको प्रहार इजिप्टका गोलकिपरले बचाऊ गरे ।
इजिप्टका फरवार्ड महोमद सलाह आज मैदान उत्रने मौका निकै न्यून रहेको छ ।
-खेलको ७५ औं मिनेटको खेल जारी । बल पोजिसनमा उरुग्वे ५७ प्रतिशत र इजिप्ट ४३ प्रतिशतमा खेलिरहेका छन् ।
७२ - मौका ! उरुग्वेका लुइस स्वारेजले गोल गर्ने मौका गुमाएको छ ।
७० - खेलको ७० औं मिनेट चलिरहदा इजिप्ट र उरुग्वेले गोलरहित बराबरी खेलिरहेका छन् ।
उत्कृष्ट बचाउ - स्वारेजको प्रहार इजिप्टका गोलकिपर मोहम्मद एल सेन्नावीले बचाएका छन् ।
- दोस्रो हाफको खेल सुरु भएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
४०+२ हाफ टाइम : इजिप्ट ० - ० उरुग्वे
४० - पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहेको छ । दुवै टोली गोलरहित बराबरीमा खेलिरहेका छन् ।
३० - खेलको ३० मिनेट जारी रहदा उरुग्वेले बल पोजिसनमा पकड बनाएको छ । तर, गोल गर्न सकेका छैनन् ।
- इजिप्टले उरुग्वेको पोष्टमा आक्रमण गरेको छ । तर, उरुग्वेका किपरले सहजै बललाई आफ्नो पन्जामा ल्याए ।
- मौका ! उरुग्वेका स्वारेजले उत्कृष्ट मौका गुमाएका छन् ।
- काभानीको कडा प्रहार ! इजिप्टका डिफेन्सले हेड हानेर बल बाहिर पठाए ।
२० - खेलको २० औं मिनेटको खेल जारीरहदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
- खेल निकै प्रतिस्पर्धात्मक बनिरहेको छ । दुवै टोली गोलका लागि भोकाएका देखिन्छन् ।
- मौका ! तर, उरुग्वेका लुइस स्वारेजले पोष्ट बाहिर प्रहार गरे ।
-काभानीको सुन्दर प्रहार तर, इजिप्टका गोलकिपरले बचाऊ गरे ।
- इजिप्टको तुलनामा उरुग्वे निकै बलियो टोली हो ।
- खेल सुरु भएको छ ।
इजिप्टका मोहमद सलाह टोलीमा छैनन् ।
प्लेईङ ११ (उरुग्वे) : फर्नाण्डो मुस्लेरा, गुलेर्मो भारेला, जोसे मारिया गिमेन्ज,डिएगो गोडिन,मार्टिन क्यासिरेस, रोड्रीगो बेन्ताङ्कर नाहिटन नान्देज, माटियस भेसिनो,जर्जियन डि एरेसकेता, इडिसन काभानी, लुइस स्वारेज
प्लेईङ ११ (इजिप्ट) : मोहम्मद एल सेन्नावी, अहमद फाथी,अलि गर्ब, अहमद हेगाजी, मोहम्मद अब्देल सफी, तारेक हमेद, अमर वार्दा,मोहम्मद एल नेनी, अब्दल्ला सइद, महमद ट्रेजीगुइट,मारवन मोहसेन
एकाटेरीनवर्गस्थित सेन्ट्रल रंगशालामा इजिप्ट र उरुग्वे मैदानमा उत्रेका छन् ।
रुसमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत दोस्रो खेल सुरु भएको छ ।