काठमाडौं । शनिबारबाट सुरु भएको १८ औं संस्करणको एसियन गेम्स इन्डोनेसियामा जारी छ । इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा जारी एसियन गेम्सको दोस्रो दिन आज नेपालले ९ खेलमा प्रतिस्पर्धा गर्दै छन् ।
नेपालले आज तेक्वान्दो, कुस्ती, फुटबल , ब्याडमिन्टन,उसु, फेन्सिङ, सुटिङ र प्याराग्लाइडिङमा प्रतिस्पर्धा गर्दै छन् ।
लाइभ अपडेट -
-पहिलो दिन नेपालको प्रदर्शन औषत रह्यो ! पुरुषको टिमतर्फ राउण्ड अफ सिक्सटिनको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो ।
- पुरुष फुटबल : समूह चरणको अन्तिम खेलमा पाकिस्तानसंग २ - १ ले पराजित हुँदै नेपाल बाहिरिएको छ ।
-गोल ! नेपालविरुद्ध पाकिस्तान २ - १ ले अघि ! पेनाल्टीमा बिलाल महमदले गरे गोल ।
-पाकिस्तानलाई पेनाल्टी अवसर ! रोहित चन्दले ह्याण्ड गरेपछि पाकिस्तानले पेनाल्टी पाएको हो ।
-नेपालविरुद्ध पाकिस्तानले बराबरी गोल फर्काएको छ ।
- पुरुष फुटबल : पहिलो हाफ - नेपाल १ - ० पाकिस्तान
- कुस्तीको पुरुष फ्रिस्टाइल ५७ केजी तौल समूहमा नेपालका भगवती साह इरानका रेजा एट्रिनाघर्चीसँग ४–० ले पराजित भए । यस्तै ७४ केजी फ्रिस्टाइलमा सुरेश चुनारा जापानका युही फुजीना मीसँग ४–० कै नतिजामा पराजित भएका छन् ।
-एसियन गेम्सको फुटबलमा नेपालले ३६ बर्षपछि गोल गरेको हो ।
- पाकिस्तानबिरुद्ध नेपाललाई सुरुवाती अग्रता ! पाकिस्तानको आत्मघाती गोल ! युनास शाहबाजको आत्मघाती गोल !
- एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपाल र पाकिस्तानबीचको खेल सुरु भएको छ ।
- अहिलेसम्म चीन र चाइनिज ताइपेले मात्र स्वर्ण जितेको छ ।
- कुस्तीमा नेपालका सरोज यादव मंगोलियाका खेलाडीसंग पराजित भए । पुरुष फ्रिस्टाइल ६५ केजी तौल समूहको मंगोलियाका ब्याटचुलुनसंग १० - ० ले पराजित भए ।
-कुस्तीमा नेपालका सरोज यादव प्रतिस्पर्धा गरिरहेका छन् ।
-एसियाडमा ब्याडमिन्टन : पुरुष टिम राउण्ड अफ सिक्सटिनको खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।
-तेक्वान्दो महिला टिम पुम्सेको क्वाटरफाइनलमा नेपाल चाइनिज ताईपेईसंग पराजित ।
- ब्याटमिन्टनको पुरुष युगलमा नेपालले पाकिस्तानसंग खेलिरहेको छ !
- तेक्वान्दो महिला टिम पुम्सेको अन्तिम १६ मा नेपालले उज्वेकिस्तानबाट वाकओभर पाएको छ। अब क्वाटरफाइनलमा चाइनिज ताईपेईलाई हराए नेपालले पदक पक्का गर्नेछ ।
-तेक्वान्दोको पुम्से व्यक्तिगततर्फ पुरुषमा नेपालका कमल श्रेष्ठ चाइनिज ताइपेका खेलाडीसंग पराजित भए । महिलामा नेपालकी पार्वती गुरुङ चाइनिज ताइपेकै खेलाडीसंग पराजित भईन ।
- फेन्सिङको महिला एकल साब्रेतर्फ कमला श्रेष्ठ र रबिना थापा पहिलो चरणमा पराजित।
तस्विर : प्रज्वल शाक्य
- उसु छान् छ्वानतर्फ नेपालका विजय सिंजाली ८.२५ स्कोर गर्दै १८ खेलाडीमध्ये १४ औं स्थानमा रहे।
-एसियन गेम्स पहिलो स्वर्ण जित्ने राष्ट्र चीन, उसुको पुरुषमा चीनका पेइयुयान सुनले जिते स्वर्ण ।
इतिहास - एसियन गेम्समा नेपालले हालसम्म १ रजत र २२ कास्य गरी २३ पदक जितेको छ । नेपालले तेक्वान्दोबाट १ रजत र १३ कास्य, बक्सिङबाट ६ कास्य तथा करातेबाट ३ कांस्य जितेको छ । १९८६ को सिओलमा नेपालले पहिलो पटक पदक प्राप्त गरेको थियो ।
-नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २ सय ८५ जना सहभागी हुँदैछन् । जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन् ।
-नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ।
-नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउदै छ ।
-एसियन गेम्समा नेपालले आज ९ खेलमा प्रतिस्पर्धा गर्दै