सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

सहाराले पार गरेको कोशेढुङ्गा

आइतबार, फागुन २५, २०७६खेलपाटी संवाददाता
सहाराले पार गरेको कोशेढुङ्गा
Classic Tech Internet Ad

काठमाडौं ।

५५ सालको कुरा हो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकस समितिले फुटबल प्रतियोगिता आयोजना गरेको थियो, रारा कपको नाममा ।

जिल्लाभरका क्लब प्रतियोगिता खेल्न आएका थिए । त्यसै मध्यको एक थियो, सहारा क्लब पोखरा ।

सहाराले राम्रै खेल्यो । नतिजापनि राम्रै आयो ।

क्लबका खेलाडी पनि हौसिए । विधिवत रुपमा क्लबनै दर्ता गरे ।

क्लबको उद्धेश्य थियो । फुटबल पनि खेल्ने, सामाजिक कार्यमा नि सक्रिय हुने ।

अनि सहारा क्लब पोखराले औपचारिक रुपमा जन्म लिएको थियो ।

विपन्न तथा अप्ठ्यारो अवस्थाका बालकहरुको लालन पोषण, शिक्षासंगै फुटबल प्रशिक्षण दिएर देशका लागि खेलाडी उत्पादन गर्ने क्लबको उद्धेश्य थियो ।

सोही अनुसार एकेडेमीले आकार पायो । एकेडेमीमा बिपन्न बालक राखिए । बस्ने, खाने र पढ्ने पुरै व्यवस्था गरियो । संगै फुटबल सिकाउने काम अघि बढ्यो ।

एकेडेमी सञ्चालन गर्न आर्थिक जोहो गर्न पर्दथ्यो ।

Nepal Police Club vs CMG Club Sankata in 15th Aaha Rara Gold Cup

देश, विदेशबाट सहयोग आएका थिए । तर पर्याप्त थिएनन् ।

त्यही समय सहाराले क्याराभान कपको नाममा ५८ सालमा फुटबल प्रतियोगिता आयोजना गर्न सुरु गर्यो ।

नेपालमा खिचिएको विदेशी चलचित्र क्याराभान त्यो समय निकै चर्चामा थियो । त्यही समय क्याराभान नामको पेय पद्धार्थ बजारमा निस्किएको थियो ।

पहिलो संस्करण क्याराभान कपको नाममा सुरु भयो ।

दोस्रो संस्करणमा भने पोखरासंग आहा चाउचाउ जोडिन आईपुग्यो ।

अनि आहा गोल्डकपको सुरुवात भएको हो ।

त्यसपछि निरन्तर आहाको नाममा पोखरामा फुटबल सञ्चालन हुदै आएको छ ।

सुरुवातको समयमा देश शसत्र युद्धमा होमिएको थियो । व्यापार व्यवसाय धरासायी अवस्थामा थिए । शान्ति सुरक्षाको अवस्था खराब थियो ।

तर ५८ सालमा सुरु भएको आहा गोल्डकप १९ बर्षको लक्का जवान भएको छ ।

अझ आज (आईतबार)को दिन सहारा क्लबका लागि बिशेष रह्यो ।

आहा राराले आईतबार २ सयौं खेलको कोशेढुङ्गा पार गरेको छ । यस बिशेष दिनलाई सहारा क्लबका पदाधिकारीले निकै खुसीका साथ मनाए ।

‘सुरुवातमा संकटकालको समय थियो । ठुलो संघर्ष पार गर्दै यहाँ सम्म आईपुग्यौ । परिस्थिती अनुकुल थिएन । तर फुटबल प्रतियोगिता रोकेनौ ।’

क्लबका पुर्व अध्यक्ष बिक्रम थकालीले खेलपाटीसंग भने, ‘प्रतियोगिता निरन्तर आयोजना हुदै आएको छ । ठुलो मेहनतलाई आजको दिनमा पुष्टि गर्यौ भन्ने लाग्छ ।’

आईतबार मैदानमा मनाङ मस्र्याङ्दी र झापा ११ क्लब उत्रिएका थिए ।

दुवै टिमका खेलाडीलाई आयोजकले मायाको चिनो दिए । विशेष नृत्य प्रस्तुत गरे । खेलको बिचमा कलाकारले गित समेत गाए ।

आखिर सहाराका लागि आईतबार साच्चिकै बिशेष थियो ।

गोल्डकपले २ सयौ खेलको कोशेढुङ्गा पार गरेको थियो ।

क्लबका पुर्व अध्यक्ष थकालीले ५८ सालको उद्घाटनमा सहारा सेतो र नक्साल युवा मण्डल खेलेको झलझली सम्झिए ।

Image may contain: one or more people, crowd, stadium and outdoor

सहारा क्लब यस सफलताको ठुलो श्रेय पोखराका दर्शकलाई दिन चाहन्छ ।

फोटो पत्रकार समेत रहेका सहारा क्लबका अभियान्ता सुदर्शन रञ्जित भन्छन्, ‘पोखराका दर्शक फुटबललाई माया गर्छन ।’

‘क्लबको ठुलो आर्थिक श्रोत केही छैन । दर्शकले काटेको टिकटनै आम्दानी हो । यसमा २ सयौं खेलको कोशेढुङ्गा पार गरेका छौ ।’ उनी थप्छन् ।

उनको चिन्ता भने केन्द्रको फुटबल नेतृत्वले सहारा क्लबको मर्म बुझेन भन्नेमा छ ।

‘१८ औं संस्करण सम्म आयौ । समयमै प्रतियोगिताको मिति पाउदैनौ ।’ रञ्जित भन्छन्, ‘पोखरामा मंसिर र माघको समय फुटबलका लागि उत्तम हुन्छ । फागुनमा हावा हुरी चल्ने भएकाले राम्रो मौषम मानिदैन ।’

‘कुनै रोकतोक बिना लगातार गोल्डकपको सफल आयोजना गर्न सक्यौ । नेपाल बन्द भएको अवस्थामा समेत प्रतियोगिता निरन्तर आयोजना भयो । २ सयौं खेलको कोशेढुङ्गाले गर्व महशुश गराएको छ ।’ उनी थप्छन्, ‘एन्फाले ६ महिना अगाडी समय दिएको खण्डमा अझ भब्य आयोजना गर्न सक्छौ भन्ने लागेको छ ।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

Bajaj Pulsar Motorcycle Ad
पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

पीडामा इटाली

पीडामा इटाली

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित