काठमाडौं । एसियन गेम्सको प्याराग्लाईडिङतर्फ इन्डिया र फिलिपिन्सले हाल झिकेका छन् ।
नेपालको पदक सम्भावना रहेको मानिएको प्याराग्लाईडिङतर्फ २ राष्ट्रले हात झिकेपछि अब नेपाल सहित १८ राष्ट्रले सो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
सम्बन्धित देशका ओलम्पिक काउन्सिलले एसियाडमा प्याराग्लाईडिङको सहभागितालाई अस्विकार गरेपछि सो स्पर्धामा १८ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने तय भएको हो ।
सहभागि १८ राष्ट्रमा नेपाल सहित अफगानिस्तान, चीन, कुवेत, इन्डोनेशिया, हङकङ, इरान, जापान र कोरिया रहेका छन् । त्यस्तै, मलेसिया, थाईल्याण्ड, लावोस, मंगोलिया, पाकिस्तान, सिगांपुर, चाईनिज ताईपे, कतार र साउदी अरब रहेका छन् ।
प्याराग्लाईडिङको दुई विधाको ६ स्वर्णकालागि १८ राष्ट्रले सहभागिता जनाउनेछन् ।
नेपालबाट प्याराग्लाईडिङतर्फ इक्युरेसी र क्रस कन्ट्रिी विधामा ५ पुरुष र ३ महिला गरि ८ खेलाडीले सहभागिता जनाएका छन् ।
शाहसिक खेलको रुपमा नेपालले एसियाडमा प्याराग्लाईडिङमा पदक जित्ने आशा राखेको छ ।