एटलान्टासँग रोमा स्तब्ध
आइतबार, फागुन ४, २०७६खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एटलान्टाले रोमालाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा एटलान्टाले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर एटलान्टाले जित निकालेको हो ।
खेलको ४५ औं मिनेटमा इडीन डेज्कोले गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५० औं मिनेटमा जोसे लुइसले गोल गर्दै एटलान्टालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५९ औं मिनेटमा मारियो पासलिकले गोल गर्दै एटलान्टालाई २-१ को जित दिलाए ।
जितसँगै एटलान्टाले २५ खेलमा ४५ अंक जोडेको छ । एटलान्टा चौंथो स्थानमा रहेको छ । ३९ अंक जोडेको रोमा पाँचौं स्थानमा रहेको छ ।








-1763853774420.webp&w=3840&q=75)




-1763794837011.jpeg&w=3840&q=75)