वर्नलीसंग साउथह्याम्टन पराजित
शनिबार, फागुन ३, २०७६खेलपाटी संवाददाता

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा वर्नलीले साउथह्याम्टनलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा वर्नलीले घरेलु टोली साउथह्याम्टनलाई २–१ ले हराएको हो ।
वर्नलीले एस्ले वेस्टउडको गोलबाट खेलको दोस्रो मिनेटमा अग्रता लिएको थियो ।
साउथह्याम्टनका ड्यानी ईङ्सले १८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
६० औ मिनेटमा माटेज भ्याड्राले गोल गर्दै वर्नलीलाई जित दिलाए ।
जितसंगै वर्नली ३४ अंक सहित तालिकाको दसौं स्थानमा उक्लिएको छ । साउथह्याम्टन ३१ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।








-1763853774420.webp&w=3840&q=75)




-1763794837011.jpeg&w=3840&q=75)