आइतबार, मंसिर ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

ब्रिगेडसँग एपीएफको बराबरी

बिहिबार, फागुन १, २०७६खेलपाटी संवाददाता
ब्रिगेडसँग एपीएफको बराबरी
Classic Tech Internet Ad

काठमाडौं । विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम खेलमा बराबरी खेल्दै अंक बाडेको छ ।

सातदोबाटोमा बिहिबार लिगको आफ्नो अन्तिम खेलमा एपीएफले ब्रिगेड ब्वाईज क्लबसँग १-१ गोलको बराबरी खेलेको हो ।

एन्फा कम्प्लेक्समा पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा एपीएफले ब्रिगेडसँग बराबरी खेलेको हो ।

खेलको ४४ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।  नविन लामाले मिलाएको पासलाई सिक्स यार्ड बक्समा रहेका आशिषले आकर्षक हेड गोल गरे । 

यस गोलसँगै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका आशिषले लिगमा ९ गोल पुरा गरेका छन् ।

आशिष भन्दा पछि च्यासलका सन्तोष साहुखल रहेका छन् । उनले ७ गोल गरेका छन् । अब सर्वाधिक गोलकर्तामा आशिष उछिन्न सन्तोषले लिगको अन्तिम खेलमा ३ गोल गर्नु पर्नेछ । यस्तै दुई गोल गरे आशिषसँग बराबर हुनेछ । 

तर, पहिलो हाफमा बनाएको अग्रतालाई एपीएफले अन्तिम समयमा भने जोगाउन सकेन । र, खेलको थप गरिएको इन्जुरी समयमा गोल खाएको थियो  ।

थप गरिएको समयको तेस्रो मिनेटमा ब्रिगेडका बैकल्पिक खेलाडी विजय गुरुङले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएपछि एपीएफले एक अंकका चित्त बुझाएको हो ।

खेलमा एपीएफका नविन लामा म्यान अफ दि म्याच चुनिए ।

ब्रिगेडसँगको बराबरीसँगै एपीएफले १३ खेलमा ९ अंक जोड्यो । र, एपीएफ यस सिजनको लिगको १२ औं स्थानमा रह्यो ।

१३ खेलमा ९ अंक नै जोडेको ब्रिगेडले लिगको १३ औं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।

के भन्छन् प्रशिक्षक ?

एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले जित्न लक्ष्य लिएपनि सफल नभएको बताए ।

'अन्तिम खेल दबाब थिएन । एक गोलको अग्रता थियो । जित्ने लक्ष्य थियो तर, भएन,' राजेन्द्रले भने, 'धेरै गोल गर्न तर्फ लाग्दा गाह्रो भयो ।'

ब्रिगेडका प्रशिक्षक अर्बिन गुरुङले विदेशी खेलाडीमा चुक्दा टिमको लक्ष्य पुरा नभएको बताए ।

'लक्ष्य शीर्ष ६ थियो । युवा खेलाडी थिए । उनीहरु राम्रो थियो तर, पछि थाक्न थाले,' उनले भने, 'विदेशी खेलाडीमा हामी चुक्यौ । उनीहरुले सोचेजस्तो खेलेनन । टिम राम्रो हो । लक्की पनि भयौं ।'

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चुक्यो सिटी

चुक्यो सिटी

घरेलु मैदानमै लड्खडायो लिभरपुल

घरेलु मैदानमै लड्खडायो लिभरपुल

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

Bajaj Pulsar Motorcycle Ad
नेपाली यु–१९ टोलीसँग जोडिए मुख्य प्रशिक्षक स्टुअर्ट

नेपाली यु–१९ टोलीसँग जोडिए मुख्य प्रशिक्षक स्टुअर्ट

टी–२० विश्वकप : नेपाल ‘ग्रुप अफ डेथ’ मा !

टी–२० विश्वकप : नेपाल ‘ग्रुप अफ डेथ’ मा !

चुक्यो सिटी

चुक्यो सिटी

घरेलु मैदानमै लड्खडायो लिभरपुल

घरेलु मैदानमै लड्खडायो लिभरपुल

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

पहिलो शतक, कर्णालीको पहिलो जित

पहिलो शतक, कर्णालीको पहिलो जित