सेमिफाइनलको पहिलो लेगमा इन्टर पराजित
बिहिबार, फागुन १, २०७६खेलपाटी संवाददाता

एजेन्सी । कोपा इटालिया अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा नापोलीले इन्टर मिलानलाई पराजित गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा नापोलीले इन्टरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टरको घरेलु मैदानमा भएको खेलमा नापोलीलाई जित दिलाउन फाबियन रुइजले निर्णायक गोल गरे । उनले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै नापोलीले फाइनल प्रवेशको बलियो सम्भावना बनाएको छ । अब दोस्रो लेग नापोलीको मैदानमा मार्च ५ मा हुनेछ ।
नापोलीलाई दोस्रो लेगमा बराबरीले पुग्नेछ भने इन्टरलाई जितको विकल्प छैन । घरेलु मैदानमा हुने कारण नापोलीलाई थप फाइदा हुनेछ ।








-1763853774420.webp&w=3840&q=75)




