वायर्नको बराबरी
सोमबार, माघ २७, २०७६खेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा वायर्न आरबी लिपजिगसँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपछि वायर्नले गोल गर्न सकेन । यस्तै लिपजिगले पनि पाएको अवसरमा गोल गर्न सकेनन् ।
वायर्नको यो लिगमा चौंथो बराबरी हो । बराबरीसँगै शीर्ष स्थानको वायर्नले २१ खेलमा ४३ अंक जोडेको छ ।
यस्तै लिपजिग ४२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।








-1763853774420.webp&w=3840&q=75)




