एजेन्सी । रुस विश्वकप फुटबल अन्तर्गत समूह 'ए' को दोस्रो खेलमा आज इजिप्ट र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । दुई राष्ट्रबिचको खेल नेपाली समय अनुसार साँझ ५ : ४५ मा सुरु हुनेछ ।
एकाटेरीनवर्गस्थित सेन्ट्रल रंगशाला हुने इजिप्ट र उरुग्वेबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । किनकि, लामो समयपछि विश्वकपमा फर्किएको अफ्रिकन इजिप्ट र गर्विलो इतिहास बोकेको दक्षिण अमेरिकी राष्ट्र उरुग्वे मैदान उत्रदै छन् । र, दुवैको एकै लक्ष्य रहने छ, पहिलो खेलमा ३ अंक जोड्ने ।
दुई पटकको विश्वकप विजेता इजिप्टको तुलनामा बलियो छ । उरुग्वेले सन् १९३० र १९५० गरी दुईपटक विश्वकप जितिसकेको छ । तर, गत संस्करणको ब्राजिल विश्वकपमा भने उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो ।
यो पटक भने यो समूहबाट दोस्रो चरण पुग्ने टोलीको रुपमा उरुग्वे रहेको छ । उरुग्वेले विश्वकप छनोटमा समेत आफुलाई पुष्टि गरेको थियो । यस्तै उरुग्वेलाई युरोपियन लिग र दक्षिण अमेरिकी लिगका चर्चित खेलाडीको साथ छ ।
यता, इजिप्टलाई पनि यो समूहबाट दोस्रो चरण पुग्ने टोलीमा हेरिएको छ । इजिप्टसँग बलियो लाइनअप त् छैन तर, टोलीको प्रदर्शन निकै सुन्दर रहदै आएको छ । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छानिएको इजिप्टलाई दोस्रो चरण पुग्न सहज भने छैन ।
इजिप्ट र उरुग्वेबीचको भिडन्तलाई दुई स्टारको भिडन्तको रुपमा समेत लिइएको छ । मोहमद सलाह र लुइस स्वारेजबीचको भिडन्त । तर, दुई स्टारले कस्तो प्रदर्शन गर्ने हो त्यो भने हेर्न बाँकी छ ।
इजिप्टका सलाह यो सिजन निकै लयमा छ । तर, च्याम्पियन्स लिग फुटबलको फाइनल दौरान काधमा चोट बोकेका कारण पहिलो खेलमा पूर्ण फिट हुनेमा शंका छ । अन्तर्राष्ट्रिय संचारमाध्यमलाई विश्वास गर्ने हो भने लिभरपुलका फरवार्ड सलाह मैदानमा उत्रने निश्चित छ । यदी सलाह लयमा भए उरुग्वेका डिफेन्सलाइन निकै व्यस्त हुनेछ ।
चोटका कारण च्याम्पियन्स लिगको फाइनल खेल पुरै खेल्न नपाएका सलाहले यो सिजन ४४ गोल गरेका छन् । र, सलाहलाई विश्वकपमा गर्विलो इतिहास बनाउने मौका पनि आएको छ ।
यता, उरुग्वेका स्वारेज पनि यो उत्तिकै लयमा छन् । बार्सिलोनाका स्वारेजलाई मैदानमा साथ हुनेछ, भेट्रान खेलाडी इडिसन काभानी । र, स्वारेज र काभानीको जोडी जमेको खण्डमा इजिप्टका डिफेन्डरलाई रोक्न कठिन पर्नेछ । स्वारेज र काभानीले उरुग्वेका लागि ९३ गोल गरिसकेका छन् । जसमा स्वारेजले ५१ र काभानीले ४२ गोल गरेका छन् ।
सम्भावित प्लेईङ ११ (इजिप्ट) : मोहम्मद एल सेन्नावी, अलि गर्ब, अहमद हेगाजी, अहमद फाथी, मोहम्मद अब्देल सफी, तारेक हमेद, मोहम्मद एल नेनी, अब्दल्ला सइद, रामादन सोब्ही, मोहमुद हसन, मारवन मोहसेन,
सम्भावित प्लेईङ ११ (उरुग्वे) : फर्नान्दो मुस्लेरा, गुलेर्मो भारेला, जोसे मारिया गिमेन्ज, डिएगो गोडिन, मार्टिन क्यासिरेस, नाहिटन नान्देज, माटियस भेसिनो, क्रिष्टियन रोर्डिगेज, जर्जियन डि एरेसकेता, इडिसन काभानी, लुइस स्वारेज
इजिप्ट टिम :
गोलकिपर : इसाम एल हदारी, मोहम्मद एल सेन्नावी, सेरिफ इकार्मी
डिफेन्स : अहमद फाथी, साद समिर, एमन असरफ, महमुद हाम्दी, मोहम्मद अब्देल सफी, अहमद हेगाजी, अहमद अल मोहामदी, अलि गर्ब, ओमर गबेर
मिडफिल्ड : तारेक हमेद, शिकाबाला, अब्दल्ला सइद, साम मोर्सी, मोहम्मद एल नेनी, मोहमुद कहर्बा,
रामादन सोब्ही, मोहमुद हसन, अमर वार्दा
फरवार्ड : मारवन मोहसेन, मोहम्मद सलाह
उरुग्वे टिम
गोलकिपर : फर्नान्दो मुस्लेरा, मार्टिन सिल्भा, मार्टिन कैम्पाना
डिफेन्स : डिएगो गोडिन, जोसे मारिया गिमेन्ज, सेबेस्टियन कोयट्स, माजिमिलियानो पेरिरा, गास्टन सिल्भा, मार्टिन क्यासिरेस, गुलेर्मो भारेला
मिडफिल्ड : नाहिटन नान्देज, लुकास टोर्रिरा, माटियस भेसिनो, कार्लोस सान्चेज, क्रिष्टियन रोर्डिगेज, जर्जियन डि एरेसकेता, डियगो लक्सल्ट, जोनाथन युरेताभिस्काया
फरवार्ड : इडिसन काभानी, लुइस स्वारेज, क्रिष्टियन स्तुआनी, माक्सिमिलियानो गोमेज