काठमाडौं । ७ साल तिरको कुरा हो ।
मुसलमानको समूहले ईन्द्रचोकमा आकाश भैरव क्लब बनाए ।
टिममा ७–८ जनाको समूहनै मुलसमानको हुन्थ्यो ।
हालको इन्द्रचोकलाई तत्कालिन समय कस्मिरी बजार भनिन्थ्यो । जसको पुर्खा कस्मिरबाट थिए ।
त्यहि कम्मिरी बजारको केन्द्रमा जन्मिएका थिए, अफ्ताव उद्धिन ।
हाल काठमाडौंमा ए डिभिजन लिग चलिरहेको छ । उनै अफ्ताबलाई सम्झनु पर्ने खास कारण छ ।
मुस्लिम परिवारमा जन्मिएका उनै अफ्ताब नेपालबाट अन्तराष्ट्रिय फुटबल खेल्ने पहिलाे पुस्ताका खेलाडी हुन् ।
नेपाली फुटबलको पहिलो पुस्ताका खेलाडी उनै अफ्नाब रहेको विद्या ब्यायाम क्लबले २०२२ सालमा ए डिभिजन लिग जित्यो ।
शुशिल शम्शेर राणाले बागदरबारमा खोलेको क्लबले लिग जितेकै पहिलो र अन्तिम त्यही हो ।
२००० सालमा जन्मिएका अफ्ताब बुबा शम्भुद्धिनकै लहैलहैमा फुटलबमा लागे ।
अफ्ताबका बुबा शम्भुद्धिन तत्कालिन नर शम्शेरको नाममा रहेको नरेश ११ बाट खेल्ने गर्थे ।
बुबा शम्भु र काका एकामुरिद्धिन दुबै डिफेन्डर थिए । अफ्ताब पनि सोही पोजिसनमै खेल्न थाले ।
सुरु सुरुमा उनी ब्याटमिन्टन, क्रिकेट, लन टेनिस र भलिबल पनि खेले । तर उनी फुटबलमा गएर अडिए । त्यही आफुलाई प्रमाणित गरे । बुबा सम्भुले जिवनभर बुट लगाएर खेलेनन् । तर छोरा अफ्ताबले जिवनको उर्जाशिल समय बुटमै बिताए ।
पद्मोदय स्कुलबाट फुटबल खेल्न सुरु गरेका उनले करिब २० बर्षको उमेरमा संकटाबाट पहिलो पटक लिग खेल्ने अवसर पाए । पहिलो बर्ष संकटाबाट खेलेका उनी अर्काे बर्ष एनआरटीमा छिरे, तर दोस्रो टिममा ।
तत्कालिन समय न्युरोडको एनआरटीले लिगमा आफ्नो दुई टिम खेलाउने गरेको थियो । दोस्रो रोजाईको टिमबाट राम्रो खेलेपछि उनले दोस्रो बर्ष ए टिबाट खेल्न पाए ।
त्यही समय अफ्ताबले घरेलु फुटबलमा ‘ज्यानमार डिफेन्स’ को उपमा पाएका थिए ।
तत्कालिन समय एनआरटीलाई पुरै ‘रफ’ खेल्ने टिममा गनिन्थ्यो ।
उसले बिपक्षीलाई ‘रफ’ खेलेरै जित्थ्यो । उनले पनि त्यही सिके । तर त्यसमा समेत उनको कला झल्किन्थ्यो ।
जति सुकै खतरनाक स्ट्राइकर भएपनि नियन्त्रण गर्ने जिम्मा उनै अफ्ताबलाई हुन्थ्यो ।
डिबक्समा बल पाएपछि सिधै अगाडि बढाउने उनको खुबी थियो । डिफेन्समा उनी जब्बर देखिन्थे । त्यसैले उनलाई ज्यानमारा डिफेन्डर भनिन्थ्यो ।
‘त्यो समय बल थियो । खेल्न सक्ने थिए । मैले हानेर मान्छनै उठाए । त्यसैले पनि ज्यानमार डिफेन्डर भनिन्थ्यो ।’ मंगलबार नेपाल खेलकुद पत्रकार मञ्चमा देखिएका अफ्ताबले मन्द मुस्कानका साथ पुराना दिन सम्झिए ।
दुई बर्ष एनआरटीमा रहँदा उनले सिद्धि चरण, राजभाई र जुजुभाई जस्ता नाम चलेका खेलाडीसँग खेले । एनआरटीमा दुई बर्ष खेलेपछि उनलाई राणा शाहीले नेतृत्व गरेको विद्या ब्यायममा बोलाईयो ।
पहिलो सालमै विद्याब्यायमले लिग जित्यो । अर्काे साल भने दोस्रो भयो ।
काका एकामुरिद्धिन बिद्या ब्यायमबाट खेलिरहेका कारण अफ्ताव पनि राणाको टिममा मिसिन पुगे ।
बलले भरिएका, अग्लो कद र मैदानभित्र खेलाडीलाई नियन्त्रणमा राख्न सक्ने खुबीका कारण उनी सबैको रोजाई थिए ।
पहिलो अन्तराष्ट्रिय खेल
अफ्ताबले नेपाली फुटबलको प्रतिनिधित्व गर्दै सन् १९६३ सालमा पूर्बी पाकिस्तानको भएको आगाँ खाँ गोल्डकपमा सहभागीता जनाएका थिए । त्यो प्रतियोगितानै नेपाली राष्ट्रिय टिमको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता थियो । हाल यो स्थान बंगलादेशमा पर्छ ।
आर बी राजाको कप्तानीमा रहेको १८ सदस्यीय टिम केही महिनाको तयारीपछि पिआईए जहाजमार्फत पाकिस्तान पुग्यो ।
‘गोर्खालीको उपमा पाएको नेपाली टिमलाई युवा देख्दा पाकिस्तानी अचम्मित नै भए ।’ ती दिन सम्झदै अफ्ताव भन्छन् ।
नेपाली टिमले पहिलो खेल ढाका वाडर्ससँग खेल्यो । उमर र मुसा जस्ता प्रभावशाली खेलाडीसंग नेपाल ७–१ गोल अन्तरले हार्याे । नेपालको तर्फबाट पहिलो र एकमात्र गोल प्रकाश राणाले गरे ।
दोस्रो खेलमा ढाका पुलिसलाई बच्चु राणा र प्रकाश राणाको एक–एक गोलमा नेपालले पराजित गर्याे ।
पहिलो खेलमा उमरले उल्कै गरे । धेरै गोल गर्न अफ्तावको कट्टुसमेत तान्न भ्याए ।
रमाईलो क्षण सम्झिदै अफ्ताव भन्छन् ‘त्यो समयको राम्रा खेलाडी भनेकै उमर र मुसा थिए । उनीको बल र गति अगाडी खेल्नै सकेनौं । धेरै गोल गर्न उमेरले डिबक्सभित्र मेरो कट्टुनै तान्न पुगे ।’
बुबाविरुद्ध छोरा
तत्कालिन राणाको भेन्ट्रान टिम र युवा टिमले प्रतियोगिता खेल्ने भयो । बुबा भेन्ट्रान टिममा रहे, छोरा युवा टिममा । तर पनि अफ्ताबले बुबाविरुद्ध खेल्न छाडेनन् ।
‘राणाले भेन्ट्रान टिम र युवा टिम खेलाउने भए । अव बुबाविरुद्ध खेल्नुपर्ने भयो । तर बुबानै भएपनि छोडिन ।’ उनी हाँस्दै भन्छन् ।
एनआरटी र फ्रेण्ड्स युनियन खराब टिम
तत्कालिन समयमा सबैभन्दा उत्कृष्ट फेयर खेल्ने टिममा पर्दथ्याे, विद्या ब्यायम । लामो दुरीमा खेल्ने र बल पोजिसन राख्ने टिममा गनिन्थ्यो ।
बिद्या ब्यायममा राम्रो खेलाडी आउथे । पढेलेखेका खेलाडी हुन्थे । एक प्रकारले भन्दा खान्दानी टिम भने हुने ।
तर सधै बिचमा हुन्थ्यो, एनआरटी र फ्रेण्ड्स युनियन ।
दुबै टिम विद्याब्यायम देख्यो कि निकै रफ र फल गर्ने ।
सिधै भन्दा झगडालुु र खराब टिम । जुन टिमलाई अहिले पनि अफ्ताब खराब टिममा मान्छन् ।
‘अहिले पनि भन्न सक्छु, तत्कालिन समयको एनआरटी र फ्रेण्ड्स युनियन निकै खराब थिए । अलि बलियो टिम देख्यो कि रफ खेल्ने ।’
एक समय पाटनको फ्रेण्ड्स युनियन र विद्याब्यायमको खेल चलिरहेको थियो । फ्रेण्डस युनियनले धेरै रफ खेल्यो । दशरथ रंगशालामा उपस्थित दर्शकबीच हानाहाननै भयो । प्याराफिटमा रहेका दर्शक हातपातमै उत्रिएपनि खेल भने रोकिएन ।
पछि पुनः झगडा भयो ।
रंगशालामा रहेका सम्पुर्ण दर्शकले अफ्तावलाई नानाथरी गाली गरे ।
जसलाई प्रत्यक्ष देखेका थिए, बुबा शम्भुले । छोरालाई फुटबलनै नखेल्न आग्रह गरे ।
बुबाको आग्रहलाई उनले नकार्न सकेनन् । सन् १९६५ मा उनले फुटबल खेल्नै छाडे ।
अफ्ताव ७६ बर्षका भए । उनी अस्वस्थ छन् । उनी मनले फुटबल खेल्न सक्छन्, मैदानमा उत्रन सक्दैनन् । जव उनले फुटबल खेल्न छाडे, त्यसपछि राष्ट्रिय टिमको तीन खेलमात्रै रंगशालामा गएर हेरेका छन् ।
अन्तिम पटक नेपालले १३ औ सागमा स्वर्ण जित्दा भुटानविरुद्धको खेल हेरेका थिए ।
नेपाली फुटबलको अवस्था देखेर निकै खुसी छन् । खेलाडीले पाएको सुविधामा हर्षित छन् । तर सुविधा अनुसार खेलाडीले खेल्न नसकेकामा उनको पिडा छ ।
‘हाम्रो समय घरबाट आफैले दुख गरेर खेल्नुपर्दथ्याे । अहिले एन्फाले धेरै राम्रो गरेको छ । खेलाडीले पनि अव त्यहि अनुसारको नतिजा दिनुपर्छ ।’ उनी भन्छन् ।