एजेन्सी । २१ औ संस्करणको विश्वकप फुटबलको पहिलो ‘हाईप्रोफाल’ खेलमा पोर्चुगल र स्पेन आमनेसामने हुँदै गर्दा दुवै टोलीको समस्या एउटै छ । पछिल्लो समय दुवै राष्ट्रले घरेलु फुटबलमा समस्या भोग्दै आएका छन् ।
भर्खरै मात्र पोर्चुगाली प्रशिक्षण फर्नाल्डो सान्तोषका चार खेलाडीले स्पोर्टिङ लिस्वोनसंगको सम्झौता रद्द गरेका छन् । त्यो भन्दा ठुलो घटना विश्वकपको पुर्वसन्ध्यामा स्पेनले आफ्ना मुख्य प्रशिक्षकलाई पदबाट बर्खास्त गर्यो । तर, रुसको फिस्ट ओलम्पिक स्टेडियममा आज राति पोर्चुगल र स्पेन मैदान उत्रदा सबै घटना छायाँमा पर्नेछ ।
पोर्चुगल र स्पेनबीचको खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । त्यसपछि सबैको नजर युरोपेली फुटबलका दुई पावर हाउस राष्ट्रको खेलमा हुनेछ । अनि त्यसको नतिजामा हुनेछ ।
प्रस्ट छ, दुवै टोलीको लक्ष्य प्रतियोगिताको पहिलो खेलमा सुखद नतिजा आत्मसाथ गर्नु हुनेछ । पोर्चुगल र स्पेन मुख्य प्रतियोगितामा चौथो पटक भेट हुन लागेका हुन् ।
स्पेनले गत बुधबारमात्र प्रशिक्षक जुलेन लोपेटगुईलाई बर्खास्त गर्यो । केही घटना आकस्मिक रुपमा घटे । लुपिटेगुईलाई स्पेनिस महारथी क्लब रियल मड्रिडले मुख्य प्रशिक्षकमा नियुक्त गर्यो । लगत्तै स्पेनिस फुटबल संघले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकबाट लुपिटेगुईलाई बर्खास्त गर्यो ।
लगत्तै उनको स्थानमा फर्नान्डो हियरोलाई नयाँ प्रशिक्षकमा नियुक्त गरियो । ‘हामीसंग आफुलाई माफ गर्ने समयनै छैन ।’ नियुक्ति लगत्तै हियरोले भनेका छन् । जो स्पेनिस फुटबल संघको खेल निर्देशकको रुपमा काम गरिसकेका छन्, ‘हाम्रो लक्ष्य भनेको विश्वकपका लागि भिड्ने हो । खेलाडीले विगत दु्ई बर्षदेखी यसका लागि काम गर्दै आएका थिए । मैले खेलाडीलाई भनेको छु, हामीसंग एक अद्भुत, रोमाञ्चक चुनौती रहेको छ । र, हाम्रो आफ्नो सपनालाई विचलन गराउन कुनै बहाना स्वीकार्य हुनेछैन ।’
यता युरोपेली महारथी पोर्चुगलको सारा भरोसा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमा अल्झिएको छ । आधुनिक फुटबलका उम्दा खेलाडी मानिने रोनाल्डोलाई समेत विश्वकपको ट्रफीसंगै करियरको सुखद अन्त्य गर्ने अवसर छ । युरो कपको विजेताको हैसियतमा विश्व फुटबलको महाकुम्भ मेलामा सहभागी हुँदैछ । पक्कै पनि रोनाल्डोको ध्यान यतिबेला विश्वकपमा केन्द्रित छ । उनलाई राम्रोसंग थाहा छ, एउटा प्रमुख उपाधि अझैपनि उनको वायोबाट गायब छ ।
रोनाल्डोको साथ पाएको पोर्चुगल २१ औ संस्करणको प्रतियोगिताको दाबेदार मध्यको एक हो । दुई बर्ष अगाडी फ्रान्सलाई पराजित गरेको पोर्चुगल युरोपेली च्याम्पियन समेत हो । ३३ बर्षिया रोनाल्डो करियरकै उत्कृष्ट लयमा छन् । उनले अझै लामो समय पुटबल खेल्नेछन् तर सन् २०२२ मा कतारमा हुने विश्वकपमा उनको आगमन कठिन देखिनेछ । यदी विश्वकपको उपाधिसंगै करियरको अन्त्य गर्न चाहान्छन भने रोनाल्डोका लागि उपयुक्त समय यही हो । त्यसको बाटो भनेको विश्वकपको पहिलो खेलमा छिमेकी प्रतिद्धन्दीलाई हराउनुनै हुनेछ ।
पोर्चुगल टिम :
गोलकिपर : एन्थोनि लोपेज, बेटो, रुइ प्याट्रिसियो
डिफेन्स : पेपे, ब्रुनो अल्भेस, सेडरिक सोयरेस, रुबेन डियस, जस फोन्टे, मारियो रुइ, राफेल गुएरिरो, रिचार्डो पेरिरा
मिडफिल्ड : ब्रुनो फर्नान्डेज, एड्रिन सिल्भा, जाओ मारियो, जाओ मोटिन्हो, म्यानुअल फर्नान्डेस, विलियम कार्भालो
फरवार्ड : क्रिष्टियानो रोनाल्डो, आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, गेल्सन मार्टिन्स, गोन्जालो गुडेस, रिकार्डो करिस्मा
स्पेन टिम
गोलकिपर : डेभिड डडी गिया, केपा एरिजाबालागा , पेपे रिना
डिफेन्स : सर्जियो रामोस, ड्यानि कार्भाजल, जेरार्ड पिके, अल्भारो ओर्डिओजोला, नाचो फर्नान्डेज, सर एजिप्लिक्युटा, जोर्डि अल्बा, नाचो मोनरियल
मिडफिल्ड : आन्द्रेस इनिस्टा, सर्जिओ बुस्केट्स, साउल निग्वेज, थियागो अल्कान्टारा, कोके, डेभिड सिल्भा
फरवार्ड : डियगो कोस्टा, इस्को, मार्को एसेन्सियो, लुकास भासकेज, एगो असपास, रोड्रीगो
तस्विर : एजेन्सी