एजेन्सी । रुसमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज (शुक्रबार) तीन खेल हुँदैछ । जसमा, समूह 'ए' को एक खेल र समूह 'बि' को दुई खेल हुदैँ छन् ।
विश्वकपमा समूह 'ए' को पहिलो खेल भईसकेको छ । उक्त उद्घाटन खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५ – ० गोल अन्तरले पराजित गरेको थियो । समूह 'ए' बाट आज उरुग्वे र इजिप्टबीच खेल हुनेछ ।
विश्वकप अन्तर्गत आज समूह 'बी' को पहिलो खेलमा मोरक्को र इरान भिड्दै छन् । दोस्रो खेलमा स्पेन र पोर्चुगलले प्रतिस्पर्धा गर्ने छ ।
विश्वकपमा शुक्रबार दुई ठुला राष्ट्रको भिडन्त भएपनि मोरक्को र इरानबीचको खेललाई निकै महत्व दिइएको छ । मोरक्को र इरानबीचको खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समय अनुसार राति ८:४५ मा सुरु हुनेछ । र, दुई टोलीबीचको खेललाई अपरिचित राष्ट्रबीचको भिडन्त समेत भन्न सकिन्छ ।
दक्षिण अफ्रिकी राष्ट्र मोरक्को र एसियाली राष्ट्र इरानले अहिलेसम्म एक अर्काविरुद्ध खेलेका छैनन् । त्यसैले यो प्रतिस्पर्धा कस्तो हुने हो ? सबैमा चासोको विषय बनेको छ । तर, दुवैको लक्ष्य ३ अंक हुनेछ । स्पेन र पोर्चुगल जस्ता बलिया राष्ट्र रहेको यो समूहमा दोस्रो चरणमा प्रवेशको लागि दुवैलाई पहिलो खेल महत्वपूर्ण छ ।
दुई टोलीबीच विश्वकप छनोट दौरान दुई फरक पाटा पनि छन् । मोरक्को २० वर्षपछि विश्वकपमा फर्किएको हो । यता, पाँच पटक विश्वकप खेल्दै गरेको इरान एसियाबाट विश्वकपमा छनोट हुने पहिलो राष्ट्र हो । दुवै राष्ट्रको समानता भनेको, यो विश्वकप दुवैको पाँचौ सहभागिता हो ।
यसअघि चार विश्वकप खेलेको मोरक्को सन् १९९८ को फ्रान्स विश्वकपपछि पहिलोपटक विश्वकप खेल्न लागेको हो । मोरक्कोले सन् १९७०, १९८६, १९९४ र १९९८ मा विश्वकप खेलिसकेका छन् । तर, मोरक्कोलाई यो विश्वकपमा अपत्यासित नतिजा ल्याउन सक्ने टिमको रुपमा हेरिएको छ । मोरक्कोलाई युरोपियन लिगमा अब्बल मानिएका खेलाडीको साथ रहेको छ ।
यता, एसियाको पावरहाउस इरान निकै लयमा छ । घरेलु लिग र मध्यपूर्वी राष्ट्रको चर्चित लिगमा खेल्ने खेलाडीसहित इरान रुस पुगेको छ । तुलनात्मक रुपमा मोरक्को भन्दा इरान कमजोर टोली हो । तर, लगातार विश्वकप खेल्दै आएको इरानले मोरक्कोलाई रोक्न सक्ने क्षमता भने रहेको छ ।
चार पटक विश्वकप खेलिसकेका इरानले पछिल्लो पटक सन् २०१४ को विश्वकप खेलेको थियो । त्यसअघि इरानले सन् १९७८, १९९८ र २००६ को विश्वकप खेलेको थियो ।
मोरक्को टिम :
गोलकिपर : यासिने बोउनोउ, मुनिर एल काजोरी, अहमद रेदा तागनोटि
डिफेन्स : मेहदी बेनाटिया, असरफ हाकिमी, रोमेन सइस, म्यानुअल डि कोस्टा, हम्जा मेन्डेल
मिडफिल्ड : बारेक बोसुफा, करिम एल अहमदी, युसेफ ऐत बेनासर, सोफयान अमराबत, युनेस बेलहान्दा, फेसल र्फज, अमिन हरित
फरवार्ड : अजिज बोहादुज, खालिद बोतेब, अयुब एल काबी,नोर्दिन अमराबत, मेहदी कारसेला, हकिम जिच, युसुफ एन नेसरी
इरान टिम :
गोलकिपर : अलिरेजा बेरानभान्ड, रसिद माजाहेरी, अमिर अबेदजादे
डिफेन्स : माजिद हुसेनी, रमिन रेजाइन, मोहम्मद रेजा खानजादे, मोर्टेजा पौरालिगेन्जी, पेजमन मोन्टेजेरी, मिलाद मोहम्मदी, रुजबेह चेसामी
मिडफिल्ड : सहिद एजातुलाह , मेहदी तोराबी, ओमिद इब्राहिमी, इशन हाजी सफी, मसुद सोजाइ,
करिम अन्सरीफार्द , वाहिद अमिरी
फरवार्ड : अलिरेजा जाँहाबक्स, मेहदी तारेमी, सरदार अजमुन, रेजा घुचानेजाद, समान गोददोस, अस्कान देजागा