एजेन्सी । घरेलु मैदानमा सुरु भएको विश्वकप फुटबलको उद्घाटन खेलमा फराकिलो जित निकालेपछि रुसका मुख्य प्रशिक्षक स्टेनस्लाव चेर्चेसोभले पहिलो कदममा सफलता मिलेपनि कठिन प्रतिद्वन्द्वी बाकीं रहेको बताएका छन् ।
मस्कोस्थित लजनिकी रंगशालामा साउदी अरेबियालाई ५ – ० गोल अन्तरले हराएपछि प्रशिक्षक चेर्चेसोभले अझै कठिन प्रतिद्वन्द्वीविरुद्ध खेल्न बाँकी रहेको बताएका हुन् । जितपछि उनले भने, 'समूह विभाजनपछि हामीले बुझ्न थाल्यौ कि त्यहाँ तेज छ । हामीले एक कदम सफलता पायौ । तर, त्यहाँ कठिन प्रतिद्वन्द्वी छन् ।'
घरेलु भूमिमा रुसलाई जित दिलाउन डेनिस चेरसेवले दुई गोल गरेका थिए । यस्तै रुसका लागि युरी गाजिन्स्कि, अर्तेम डेजुबा र एलेक्जेण्डर गोलोविनले एक एक गोल गरेका थिए ।
तर, मुख्य प्रशिक्षक चेर्चेसोभले पहिलो खेलमा जित निकालेपनि मोहमद सलाह रहेको इजिप्ट जस्ता कठिन टोलीसँग खेल्न बाँकी रहेको बताए । चेर्चेसोभले थपे, 'हामीले बुझेका छैनौं, मोहमद सलाह खेल्छन् कि खेल्दैनन् । तर, उनि हुँदा र नहुदा पनि कठिन टिम हो । उनी भए पक्कै थप बलियो हुनेछ ।'