एजेन्सी । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी अरेबियालाई पराजित गरेको छ । बिहिबार राति सम्पन्न खेलमा रुसले साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
सूरुवात देखीनै एसियाली राष्ट्र साउदीलाई दबाबमा राखेको रुसले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । बैकल्पिक खेलाडी चम्किएको खेलमा रुसले साउदीबिरुद्ध सहज जित निकालेको हो ।
खेलको १२ औ मिनेटमा रुसले युरी गाजिन्स्किको गोलबाट अग्रता लिएको थियो । ४३ औ मिनेटमा बैकल्पिक खेलाडी डेनिस चेरसेवले अग्रतालाई दोब्बर पारे । खेलको ७२ औ मिनेटमा अर्तेम डेजुुबाले तेस्रो गोल गरे ।
खेलको अतिरिक्त समयमा ब्यक्तिगत दोस्रो गोल गर्दै चेरसेवले घरेलु टोलीलाई ४–० को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा एलेक्जेण्डर गोलोविनले उत्कृष्ट फ्रिकिक गोल गर्दै रुसलाई फराकिलो अन्तरको जित दिलाए ।
समुह एको पहिलो खेलमा जित हात पार्दै रुसले महत्वपुर्ण ३ अंक जोड्न सफल भएको छ ।