आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालमा पहिलो पटक भलिबल लेभल टू कोचिङ कोर्स सुरु

सोमबार, २१ श्रावण २०७५खेलपाटी संवाददाता
नेपालमा पहिलो पटक भलिबल लेभल टू कोचिङ कोर्स सुरु
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेल भलिबलको लेभल टू कोचिङ कोर्स काठमाडौंमा सुरु भएको छ । पाँच दिने विशेष कोर्स नेपालमा पहिलो पटक आयोजना भएको हो ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले प्रशिक्षण शिविरको उदघाटन गरे ।

उदघाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै ओलम्पिक कमिटीका अध्यक्ष सांसद श्रेष्ठले भलिबल राष्ट्रिय खेल भएका कारण यसको विकास र विस्तारमा सबैको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे ।

‘भलिबलको बिकास संघको मात्र चासोको कुरा होइन, यो आम नेपालीको गौरवको विषय हो ।’ अध्यक्ष श्रेष्ठले भने, ‘राष्ट्रिय खेलको बिकास गर्नु हाम्रो दायित्व पनि हो ।’

नेपालमा स्तरीय प्रशिक्षकहरुको उत्पादन बढाउनका लागि पहिलो पटक लेभल टू कोर्स आयोजना गरिएको नेपाल भलिबल संघले जनाएको छ ।
नेपालमा लेभल टू कोर्स पूरा गरेका प्रशिक्षक अहिलेसम्म पाँच जनामात्र छन् ।

भलिबल संघका महासचिव जितेन्द्र चन्दले कोर्स पूरा गर्नका लागि बिदेश जाँदा धेरै खर्च लाग्ने भएकाले फेडेरेसन अफ इन्टरनेशनल भलिबल एफआईभीको सहकार्यमा नेपालमै पहिलो पटक यस कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कोर्समा नेपालबाट १६, भारतबाट २ र सिरियाबाट १ प्रशिक्षार्थी प्रशिक्षकको सहभागिता छ । उनीहरुलाई एफआईभीका कोर्स डाइरेक्टर डच नागरिक लास डे डी जोङ र प्रशिक्षक दामिर कोलोले प्रशिक्षण दिनेछन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो