एजेन्सी । विश्वकप फुटबलको उद्घाटन खेलको अहिले साउदी अरब र रुसबीच प्रतिस्पर्धा भईरहेको छ । दोस्रो हाफको खेल जारी रहदाँ रुसले ३–० को अग्रता लिएको छ ।
खेलको ७२ औ मिनेटमा रुसका अर्तेम डेजुुबाले तेस्रो गोल गरेका छन् ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको डेजुबाले घरेलु टोलीका लागि तेस्रो गोल गरे । घरेलु टोली रुसले खेलको १२ औ मिनेटमा युरी गाजिन्स्किको गोलबाट अग्रता लिएको थियो । ४३ औ मिनेटमा डेनिस चेरसेवले घरेलु टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।
विश्वकपको उद्घाटन खेलमा घरेलु टोली हाबी बनेको छ । एकपछि अर्को मुभ बनाउदै उसले साउदी अरबलाई दबाबमा राखेको छ ।