विश्वकप अन्तर्गत शुक्रबार इजिप्ट र उरुग्वे, मोरक्को र इरान तथा पोर्चुगल र स्पेनबीच खेल हुने छ ।
रुसले विश्वकपमा विजयी सुरुवात गरेको छ । साउदी अरेबियालाई रुसले ५ - ० गोल अन्तरले हराएको हो ।
फुल टाइम - रुस ५ - साउदी अरेबिया ०
Goal - 90+4 एलेक्जेण्डर गोलोविनले फ्रीकिकबाट उत्कृष्ट गोल गरेका छन् ।
Goal - ९०+ डेनिस चेरसेवले गोल गरेका छन् ।
आर्तेम डेजुबा खेलको ७० औं मिनेटमा फेडर स्मोल्वको स्थानमा मैदान पसेका थिए ।
Goal - ७२ मिनेटमा आर्तेम डेजुबाले गोल गरेका छन् ।
रुसले एकपछि अर्को आक्रमण गर्दा साउदी अरेबियाले रुसको पोष्टमा आक्रमण गर्न सकेका छैनन् ।
दोस्रो हाफमा पनि रुसले साउदी अरेबियामाथि बल पोजिसनमा पकड जमाएको छ ।
दोस्रो हाफको खेल सुरु भएको छ । पहिलो हाफमा रुस २ - ० ले अघि रहेको छ ।
हाफ टाइम - रुस २ - साउदी अरेबिया ०
Goal -४३ मिनेटमा डेनिस चेरसेवले गोल गरेका छन् ।
सन् २०१८ को विश्वकपमा पहिलो गोलकर्ता युरी गाजिन्स्कि
Goal -१२ औ मिनेटमा युरी गाजिन्स्किले हेडमार्फत उत्कृष्ट गोल गरेका छन् ।
दुवै निकै आक्रामक खेल खेलिरहेका छन् ।
साउदी अरेबिया मध्य पूर्वी क्षेत्रका लिगमा खेल्ने खेलाडीहरु बोकेर रुस गएको छ ।
रुससँग युरोपियन फुटबल लिगमा अभ्यस्त खेलाडीहरु छन् ।
तुलनात्मक रुपमा साउदी अरेबियाभन्दा रुस निकै बलियो छ ।
उद्घाटन खेल जित्ने टोलीको दोस्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ ।
समूह ए मा रुस र साउदीसँगै उरुग्वे, इजिप्ट जस्ता बलिया टोलीहरु रहेका छन् ।
विश्वकपको दोस्रो चरण प्रवेशको लागि पनि दुवैलाई यो खेल निकै महत्वपूर्ण छ ।
दुवैको लक्ष्य ३ अंक जोड्ने हुनेछ ।
समूह ए मा रहेको दुवै टोली उद्घाटन खेल जित्दै बलियो उपस्थिति बनाउन चाहन्छ ।
प्लेइङ ११ (रुस) इगर एकिनफिव, मारियो फर्नान्डेस, फेडर कुदर्यासोव, सर्गी इगानस्चेविक, युरी जिरकोव, रोमन जबनिन, गजिनिस्काई, एलन डेजेगोव, एलेक्जेण्डर सामेडोव, एलेक्जेण्डर गोलोविन, फेडर स्मोल्व
प्लेइङ ११ (साउदी अरेबिया) अब्दुल्लाह अल मेयुफ, ओसामा हवास्वी, उमर हवास्वी, एसर अल साहार्नी, मोहम्मद अल बारीक, अब्दुल्लाह ओतेफ, सलमान अल फराज, याह अल शेरी, ताइसिर अल जसिम, फहाद अल मुवालाद, सलिम अल दसारी
रुसको राजधानी मस्कोस्थित लजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाबीचको खेल सुरु भएको छ ।
विश्व फुटबलको महाकुम्भ २१ औँ संस्करणको विश्वकप औपचारिक रुपमा सुरु भएको छ ।