काठमाडौं । विच भलिबल खेलाडी नेविका चौधरी खेल्ने क्रममा घाईते भएकी छिन् ।
आईतबार अभ्यासको क्रममा उनले खुट्टामा चोट बोकेकी हुन् ।
अभ्यास गर्ने क्रममा उनको एङ्कलमा चोटमा लागेको हो ।
'उनको चोट सामान्य देखिएको छ । एक दिन आराम गरेपछि खेल्न सक्ने चिकित्सकले बताएका छन् ।' महिला टिमको ब्यवस्थापनमा खटिएका पुर्व राष्ट्रिय खेलाडी भरत शाहले पोखराबाट खेलपाटीसंग भने ।
उनका अनुसार प्रारम्भिक रुपमा नेविकाको चोट सामान्य देखिएको छ । उनी चाडै खेलमा फर्कन सक्नेछिन् ।
विच भलिबलका खेलहरु पोखरामा हुदैछ ।
महिला खेलाडीमा विनीता बुढाथोकी, नेविका चौधरी, कोपीला उप्रेती र मनिषा चौधरी रहेकी छिन् । मुख्य प्रशिक्षकमा सुदेश कुमार रिमाल रहेका छन् ।