काठमाडौं । भारत १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो ।
भारतले माल्दिभ्समाथि २५-१४, २५-०६ र २५-१७ को जित निकाल्यो ।
अब भारतले उपाधिका लागि नेपाल र श्रीलंकाबीचको विजेतासँग खेल्नेछ । दुई बीचको सेमिफाइनल खेल केहि बेरमा हुनेछ ।