काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका मुख्य प्रशिक्षक लेस्ले डी जोङले भारतविरुद्ध खेलाडीले राम्रो प्रदर्शन गरेको बताएका छन् ।
घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतसँग ३-० को सेटमा पराजित भएपछि बोल्दै प्रशिक्षक डी जोङले बलियो टोलीविरुद्ध खेलाडीले उत्कृष्ट खेलेको बताए ।
'नेपाल र भारतमा धेरै फरक छ । आज धेरै दबाब थियो,' डच प्रशिक्षक डी जोङले भने, 'आज खेलाडीले धेरै राम्रो प्रदर्शन गरेका थिए ।'
भारतसँगको हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ ।
यस्तै प्रशिक्षक डी जोङले नेपाली टिमको प्रदर्शनमा धेरै सुधार आएको बताए ।
'पहिलेको भन्दा अहिले नेपालको प्रर्दशनमा धेरै सुधार भएको छ । खेलमा यहाँका सर्मथकको सर्मथन धेरै राम्रो छ,' डी जोङले थपे ।