काठमाडौं । रबिन चन्दले नेपाली राष्ट्रिय पुरुष भलिबल टिममा डेब्यु गरेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत समूह चरणको दोस्रो खेलमा भारतविरुद्ध कोर्ट प्रवेश गर्दै रबिनले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।
नेपाल पुलिस क्लबका अपोजिट स्पाइकर खेलको दोस्रो सेटमा कोर्ट प्रवेश गरेका थिए ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भारतविरुद्ध नेपाल १-० को सेटमा पछि रहेको छ । पहिलो सेटमा नेपाल भारतसँग २५-१५ ले पराजित भएको थियो ।