नेपालको सेमिफाइनल प्रतिद्वन्दी श्रीलंका

काठमाडौं । घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने भएको छ ।
शुक्रबार समूह चरण अन्तर्गत माल्दिभ्स र श्रीलंकाबीचको अन्तिम खेल सकिएसँगै नेपालले सेमिफाइनलमा श्रीलंकालाई प्रतिद्वन्दी पाएको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको अन्तिम खेलम श्रीलंकाले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो । श्रीलंकाले माल्दिभ्समाथि २५-१५, २५-१८ र २५-१४ को जित निकाल्यो ।
माल्दिभ्सलाई हराएसँगै श्रीलंका समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । र, सेमिफाइनलमा श्रीलंकाले नेपालसँगको भेट पक्का गर्यो ।
नेपाल समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
अब नेपालले दोस्रो सेमिफाइनलमा शनिबार श्रीलंकाको सामना गर्नेछ ।
यस्तै समूह 'बी' को उपविजेता माल्दिभ्सले सेमिफाइनलमा भारतको सामना गर्नेछ । भारत समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।
भारत र माल्दिभ्सबीचको पहिलो सेमिफाइनल खेल शनिबार नै हुनेछ ।










-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)