बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलमा
शुक्रबार, मंसिर १३, २०७६खेलपाटी संवाददाता

काठमाडौं । भारत १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो ।
कमजोर प्रतिद्वन्दी बंगलादेशविरुद्ध भारतले २५-८, २५-११ र २५-९ को सेटमा जित निकाल्यो ।
जितसँगै समूह 'ए' को भारत समूह विजेता बनेको छ । भारतले दुई खेलमा ४ अंक जोड्यो ।
यो हारसँगै बंगलादेश समूह चरणबाट बाहिरिएको छ । दुई खेलमा बंगलादेशले अंक जोड्न सकेन ।
यस समूहमा एक खेल जितेको नेपाल २ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।










-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)