काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले भारतविरुद्ध जित्न सकिने खेलमा पराजय व्यहोर्नु परेको बताएकी छिन् ।
१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहिबार भएको दोस्रो खेलमा भारतसँग पराजित भएपछि कप्तान अरुणाले जित्न सकिने खेलमा पराजित हुनु परेको बताईएकी हुन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपाल भारतसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।
'भारत राम्रो टिम हो । हामीलाई सुरुमा प्रेसर थिएन । हामीले सेमिफाइनलमा पुग्ने आशा बोकेका थियौ । पहिले २ अंकले अग्रता बनाएको थियौं,' कप्तान अरुणाले भनिन्, 'हामीलाई जित्छौ भन्ने लागेको थियो तर हार्न पुग्यौ ।'
पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेपनि नेपाल भारतसँग २६-२४,२५-१२ र २५-१६ ले पराजित भएको थियो ।
भारतसँगको हारसँगै नेपालको सेमिफाइनल यात्राको लागि अन्तिम लिग खेल कुर्नु पर्ने भएको छ ।
अब भारत र बंगलादेशबीचको खेलपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ ।