पुरुष भलिबलमा भारतको सुखद सुरुवात
बिहिबार, मंसिर १२, २०७६गिता राई

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको भारतले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारतले सुखद सुरुवात गरेको हो ।
सागमा सुखद सुरुवात गर्ने क्रममा भारतले बंगलादेशलाई २५-१८, २५-१४ र २५-१५ ले पाखा लगायो ।
जितसँगै भारत सेमिफाइनल नजिक पुगेको छ । समूह 'ए' को भारतले २ अंक जोडेको छ ।
अब भारतले शुक्रबार अन्तिम खेलमा नेपालसँग खेल्नेछ ।
बंगलादेशको यो पहिलो हार हो । यस अघि बुधबार बंगलादेशले नेपाललाई हराएको थियो । बंगलादेशको पनि सेमिफाइनल सम्भावना कायम रहेको छ ।
शुक्रबार हुने भारत र नेपालबीचको खेल सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ । नेपाललाई सेमिफाइनलमा स्थान बनाउन स्पस्ट जितको आवश्यकता रहेको छ ।














-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)