पाकिस्तानको विजयी सुरुवात
बिहिबार, मंसिर १२, २०७६गिता राई

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको पाकिस्तानले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो ।
सागमा सुखद सुरुवात गर्ने क्रममा पाकिस्तानले माल्दिभ्सलाई २५-१६, २५-२३ र २५-१५ ले पाखा लगायो ।
जितसँगै पाकिस्तान सेमिफाइनल नजिक पुगेको छ । र, समूह 'बी' को पाकिस्तानले २ अंक जोडेको छ ।
पाकिस्तानले अब समूह चरणको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ ।














-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)