पाकिस्तान नआउँदा माल्दिभ्सलाई 'वाक ओभर'
बुधबार, ११ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा माल्दिभ्सले पाकिस्तानबाट वाक ओभर पाएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार सुरु महिला भलिबलको दोस्रो खेलमा पाकिस्तान र माल्दिभ्सबीच खेल हुने तय भएको थियो ।
तर, पाकिस्तानको महिला टिम नआएपछि माल्दिभ्सले अंक पाएको छ ।
पाकिस्तानबाट वाक ओभर पाएसँगै समूह 'बी' को माल्दिभ्सले २ अंक जोडेको छ ।
यस अघि पहिलो खेलमा नेपालले बंगलादेशलाई ३-० को सेटमा हराएर शानदार सुरुवात गरिसकेको छ ।







-1766743021282.jpeg&w=3840&q=75)




_1727591754-1766731628489.jpg&w=3840&q=75)
