राष्ट्रिय टिममा उषाको डेब्यु
बुधबार, मंसिर ११, २०७६खेलपाटी संवाददाता

काठमाडौं । ओपन स्पाइकर उषा भण्डारीले नेपाली राष्ट्रिय महिला भलिबल टिममा डेब्यु गरेकी छिन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत राखेप कभर्ड हलमा बुधबार बंगलादेशविरुद्धको खेलमा कोर्टमा उत्रदै उषाले राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् ।
१६ वर्षीय उषा दोस्रो सेटमा प्रतिभा मालीको स्थानमा कोर्ट प्रवेश गरेकी थिइन् ।
नेपाल पुलिस क्लबकी उषा सागका लागि पहिलो पटक राष्ट्रिय टिममा परेकी थिइन् ।
उषा राष्ट्रिय टिमकी कान्छी खेलाडी समेत हुन् ।
यस्तै हिरा केसीले समेत नेपाली टिममा डेब्यु गरेकी छिन् ।












-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)