साग खेल्ने भलिबल टिमलाई खेल पोशाक सहयोग
बुधबार, ११ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपालको राष्ट्रिय भलिबल टिमलाई हेल्प नेपाल सर्पाेट्स क्लबले खेल पोशाक सहयोग गरेको छ ।
क्लबले बुधबार महिला र पुरुष दुवै टोलीलाई साँढे ३ लाख बराबरको ट्रयाकसुट प्रदान गरेको छ । क्लबका अध्यक्ष बासु श्रेष्ठ र महासचिव अरुण श्रेष्ठले खेलाडीलाई ट्रयाकसुट प्रदान गरे ।
नेपाली टिमलाई हौसला प्रदान गर्न खेल पोशाक सहयोग गरेको क्लबले जनाएको छ ।
साग अन्तर्गत पुरुष र महिला दुवै भलिबल आजबाट सुरु हुँदैछ ।
नेपालको दुवै टोलीले आज बंगलादेशसँग खेल्दैछ ।
नेपाली महिला टिमले बंगलादेशसँग अपरान्ह ३ बजे खेल्नेछ । पुरुष भलिबल टिमले साँझ ७ बजे बंगलादेशसँग नै प्रतिस्पर्धा गर्नेछ ।







-1766743021282.jpeg&w=3840&q=75)




_1727591754-1766731628489.jpg&w=3840&q=75)
