काठमाण्डौ । चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपको अन्तिम लिग खेलमा शिवम् न्युडायमण्डले दोहोरो जित निकाल्दै सेमिफाईनलमा स्थान पक्का गरेको छ ।
पहिलो खेलमा पद्मोदय युवा क्लबलाई २५–९,२५–७ र २५–१९ को सोझो सेटमा हरायो । दोश्रो खेलमा चिरप्रतिद्धन्दी एपीएफलाई २५–१६,२५–२०,१७–२५ र २५–१६ को सेटमा स्तब्ध बनायो । एपीएफ र डायमण्डले ५ खेलबाट १२ अंक बनाएका छन् ।
दुवैले १३ सेटमा जित निकाल्दा ४ सेट गुमाए पछि अंक प्रतिसतका आधारमा एपीएफले १।४१७ हासिल गरेर पहिलो बरियातामा रहदा १।३७२ अंक हाँसिल गरेको शिवम् न्युडायमण्ड दोश्रो बरियातामा चित्त बुझाउनु पर्यो ।
त्यस्तै चौथो बरियातामा रहेर आर्मीले पनि सेमिफाईनलमा स्थान बनाएका छ । आर्मीले पुलिसमाथी ३–२ को रोमान्चक जित निकाल्यो । पहिलो सेट १५–२५ ले गुमाएको आर्मीले लगतार दुई सेट २५–२० र २५–१० ले जितेको थियो । चौथो सेट पुलिसले २५–२२ ले आफ्नो पक्षमा पारे पछि खेल पाँचौं सेटमा लम्कियो । निर्णायक सेटमा आर्मीले पुलिसलाई १५–१२ ले स्तब्ध बनाउदै २ अंक जोड्यो ।
आर्मीले ५ खेलबाट ३ मा जित निकाल्दै ८ अंक जोड्न सफल भयो । पुलिसले तेश्रो बरियातामा रहदै ५ खेलबाट १० अंक बनाएको छ । सेमिफाईनलमा पहिलो बरियाताको एपीएफले चौथो बरियाताको आर्मीसग तथा दोश्रो बरियाताको डायमण्डले तेश्रो बरियाताको पुलिससग खेल्ने छ ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता जेष्ठ २६ सम्म संचालन हुने छ ।
प्रतियोगिताको बिजेता टिमले २ लाख,उपबिजेताले १ लाख ,तेश्रोले ५० हजार र चौथो हुनेले २५ हजार नगद प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछिन् । त्यस्तै बिधागततर्फ बेष्ट स्पाईकर,बेष्ट सेटर,बेष्ट ब्लकर,बेष्ट सर्भर,बेष्ट डिफेन्टर र बेष्ट कोचले जनहि ५ हजार प्राप्त गर्ने छन् ।