काठमाडौं । आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बिच भलिबलतर्फको तयारीमा रहेको पुरुष तथा महिला भलिबल टोलीलाई पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी फाउन्डेसनले पोशाक हस्तान्तरण गरेको छ ।
फाउन्डेसनले आइतबार सागको तयारीमा रहेका चार पुरुष र ५ महिला खेलाडी र दुई प्रशिक्षक गरी ११ जनालाई खेल पोशाक हस्तान्तरण गरेको हो । खेल पोशाक पुर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राखेपका पुर्व सदस्य रेशम गुरुले महिलातर्फको विनिता बुढाथोकी र पुरुषतर्फ मानबहादुर श्रेष्ठलाई जर्सी हस्तान्तरण गरे ।
महिलातर्फ विनिता बुढाथोकी, नेविका चौधरी, मनिषा चौधरी, पुष्पा चौधरी र कोपिला उप्रेती सागको बन्द प्रशिक्षणमा छन् । पुरुषतर्फ मानबहादुर श्रेष्ठ, दिल सुनार, सन्जु विक्रम शाह र राजु विक छन् । महिलामा कौशिला खत्री र पुरुषमा सुदेश कुमार रिमाल प्रशिक्षक छन् ।
करिव एकवर्ष अघि स्थापना भएको फाउन्डेसनले पुराना भलिबल खेलाडीहरुलाई एकै ठाउमा जोड्ने कार्यका साथै भलिबल खेलाडीहरुको हकहितका लागि नियमित कार्य गर्दै आएको छ ।
फाउन्डेसनकी अध्यक्ष अन्जु श्रेष्ठले पुरना खेलाडीहलाई एक ठाउमा जोड्ने र भलिबल खेलाडीहरुको हकहितका लागि निरन्तर कार्य गर्नको लागि यो संस्था स्थापना भएको र फाउन्डेसनले नियमित यसकार्य गर्दै जाने बताइन् ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले पुर्व राष्ट्रिय खेलाडीहरुलाई जोड्न स्थापना भएको संस्थाले सह्रायिन कार्य गरेको र मञ्चले आयोजना गर्न नेपाली खेलकुदको बहुप्रतिक्षित पल्सर स्पोर्टस् अवार्डको सबैभन्दा लोकप्रिय विधा पिपल्स च्वाइस अवार्डमा भलिबल खेलाडी मनोनयनमा परेको अवस्थामा विरलै पराजत हुने गरेको स्मरण गरे ।