काठमाडौं । पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको स्थगित भएको फाईनल खेल आज (मंगलबार) हुने भएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बर्षा बाधक बनेपछि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको सोमबारको फाईनल खेल स्थगित भएको थियो ।
खेल दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।
बर्षाले खेल स्थगित हुनु अघि दुवै टिमले समान १–१ सेट जितेका थिए । पहिलो सेट आर्मीले २५–२३ र दोस्रो सेट पुलिसले २५–२० ले जितेको थियो । तेस्रो सेटमा पुलिस २३–१९ ले अगाडी रहेको अवस्थामा पानीले खेल प्रभावित बन्यो ।
अर्को खेलमा विभागीय टिम एपीएफलाई हराउँदै गण्डकी प्रदेश तेस्रो बन्यो ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ ।
विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।