सोमबार, २५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

'ओली'विरुद्व जीवनरामले मारेको बाजी !

सोमबार, ३० भाद्र २०७६हिम बिक्रम केसी
'ओली'विरुद्व जीवनरामले मारेको बाजी !
Loading ad...
mustang rice ad

काठमाडौं । चुनाव रोक्ने अन्तरिम आदेश खारेज गर्ने अदालतको निर्णय लगत्तै प्रधानमन्त्री केपी ओलीले ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठलाई बालुवाटार बोलाए ।

पार्टी अध्यक्षसमेत रहेका ओलीको आग्रहमा भोलीपल्ट एकाबिहानै जीवनराम सरकारी निवास वालुवाटार छिरेका थिए ।

सिंगापुरबाट लामो उपचार गराएर ओली स्वदेश फर्किएका थिए । प्रधानमन्त्रीको हैसियतमा गर्नुपर्ने धेरै काम उनका अगाडी थिए ।

तर ओली ओलम्पिक कमिटिको आसन्न चुनावबारे जीवनराम छलफल गर्न चाहन्थे ।

ओलीका प्रिय पात्र थिए, उमेशलाल श्रेष्ठ ।

जीवनरामविरुद्व उनै उमेशलालले उम्मेदवारी दिएका थिए । उनी कुनै हालतमा ओलम्पिकको नेतृत्वमा जान चाहन्थे । पहिलो पटक जीवनरामसंग हारेको तुष सायद उनको मनमा बाँकीनै थियो ।

कम्युनिष्ट आन्दोलनका संस्थापक नेता हुन्, पुष्पलाल श्रेष्ठ । उनै पुष्पलालका छोरा हुन, उमेशलाल । नेपालको कम्युनिष्ट आन्दोलनमा परिवारले खडा गरेको विरासतमा सायद उमेशलाल रमाउन सकेनन् । बरु उनी ब्यापार, व्यवसायमै व्यस्त रहे ।

तर हक्कीका पुराना खेलाडीको रुपमा उनी खेलकुदसंग जोडीनै रहे । सोही कारण समेत उनी ओलम्पिक कमिटिको नेतृत्वमा एक पटक पुग्न चाहन्थे ।

उनलाई पार्टीले धेरै राजनीतिक नियुक्तीमा ‘अफर’ नगरेको नि हैन । तर उमेशलाल सधै तमाम प्रस्ताव टार्दै आएका थिए ।

तर ओलम्पिक कमिटिको नेतृत्वमा उनको आशक्ती अलि बढीनै थियो ।

ओलीले पनि उमेशलालको रहर पुरा गरिदिने मन बनाएका थिए ।

त्यसका लागि ओलीले ओलम्पिक कमिटिको अध्यक्षमा उम्मेदवारी दिएका जीवनरामलाई रोक्नुपर्ने थियो ।

माननिय (सांसद) हुनुहुन्छ । महानगर (काठमाडौं)को ईन्चार्ज हुनुहुन्छ । समय दिन भ्याउनुहुन्छ त ?

बालुवाटारमा निम्त्याईएका जीवनराम अगाडी ओलीले सुरुमै प्रश्न तर्साए ।

‘क्षेत्र सानो छ । फेरी ओलम्पिक कमिटि टाढा पनि छैन । समयको समस्या हुदैन । भ्याईहालिन्छ नि ।’ ओलीको सम्भावित प्रश्नबारे जीवनराम तयार देखिन्थे । 

जीवनरामको उत्तर भने ओलीका लागि अप्रिय थियो । धुमाउरो पारामा ओलीले उम्मेदवारी फिर्ता लिन जीवनरामसंग आग्रह गरेका थिए । सरकारी पक्षको उम्मेदवार खडा भईसकेको संकेत जीवनरामलाई दिन चाहन्थे ।

‘अनि जित्नुहुन्छ त ?’ ओलीले फेरी सोधे ।

‘जित्न समस्या छैन । सबै साथी लागेका छन् । ओलम्पिकमा काम गरेको लामो समय भयो । सबैसंग भावनात्मक सम्बन्ध छ । सबैले सहयोग गर्छु भनेका छन् । म त जित्नेमा आत्मविश्वासी छु ।’ भुमिका हाल्दै जीवनरामले थपे, ‘असहयोग गर्ने कारण छैन जस्तो लाग्छ । कसैलाई विराम गरेको छैन, अनियमितता गरेको छैन । सबै साथीलाई मिलाएर अगाडी बढाएको छु । त्यसैले जित्नेमा ढुक्क छु ।’

वाकपटुतामा सिपालु जीवनरामले समेत ओलीलाई ओलम्पिकमा आफ्नौ हैसियत अवगत गराए ।

जीवनरामको मनसाय बुझेका ओलीको कुराको बिट मार्दै भने, ‘मन्त्रालय र परिषद्ले ‘टाईट’ गरे नि जित्नु हुन्छ त ?

‘त्यसो गर्दा नि फरक नपार्ला ।’ जीवनरामले ओलीलाई मुखभरीको जवाफ फर्काए, ‘साथीहरु स्वतन्त्र हुनुहुन्छ । विवेकको निर्णय गर्नु हुन्छ । त्यसले खासै फरक नपर्ला । फेरी ओलम्पिक अन्तराष्ट्रिय संस्थाहरुले हेर्ने हो । स्वयत्त हुनपर्छ । सरकारी हस्तक्षप गर्नुहुन्न भन्ने मान्यता समेत छ । भोली राजनीतिक हस्तक्षप भएमा आईओसीले निलम्बन गर्ने, अनेक खालको बखेडा झिक्ने गर्न सक्छ । त्यसैले सरकारको भुमीका तटस्थ हुदाँ राम्रो होला ।’

जीवनरामले पार्टी नेतृत्वसामु ओलम्पिक चुनावबाट पछाडी नहट्ने अडानमात्र राखेनन्, सरकारी हस्तक्षप स्विकार्य नहुने घुमाउरो तरिकाले सचेत पनि गराए ।

जीवनरामले दिएको मुखभरीको जवाफले रन्थनिएका प्रधानमन्त्री ओलीले भोलीपल्टै खेलकुदमन्त्री, सदस्य सचिव र उपाध्यक्षलाई बालुवाटार बोलाए ।

‘जीवनरामले मान्नु भएन । अब पार्टीको संस्थागत उम्मेदवार उमेशलाल श्रेष्ठ हुनुहुन्छ । उहाँलाई जिताउन पर्यो ।’

पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विण्णु पौडेललाई अगाडी राखेर ओलीले प्रष्ट भाषामा निर्देशन दिएका थिए ।

‘सबै संघलाई बोलाएर १५, १६ भोट भन्दा माथि जति हुन्छ तान्नुस । नभए मलाई भन्नुस । नसक्ने भए म आफै फिल्डमा ओर्लन नि तयार छु ।’

प्रधानमन्त्रीको निर्देशनको अर्थ बुझेका खेलकुद मन्त्री जगत विश्वकर्मा, राखेप सदस्य सचिव रमेश सिलवाल र राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना बालुवाटारबाट बाहिरिए ।

निर्वाचन आउन दुई दिन मात्र बाँकी थियो ।

खेलकुद मन्त्रीले पुल्चोकस्थित मन्त्री क्वार्टरमै बसेर खेल संघका प्रतिनिधिसंगको भेटघाटलाई तिव्र पारे ।

कतिलाई आग्रह गरे, कतिलाई निर्देशन दिए ।

यसअघि जीवनरामले आफुनै ओलम्पिक र सरकारको उम्मेदवार भएको दाबी गर्दै आएका थिए । त्यसका लागि उनले राखेप उपाध्यक्ष पिताम्बरलाई देखाउने गरेका थिए ।

तर खेलकुदमन्त्रीले उमेशलाललाई सरकारको आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गर्दै खेल संघका प्रतिनिधिसंग भोट माग्ने काम गरे ।

सदस्य सचिव सिलवालले समेत साथ दिए ।

प्रधानमन्त्रीको निर्देशनसंगै पिताम्बर र समिममियाँ अन्सारीले लाईन ‘चेन्ज’ गरेको घोषणा गरे । समिम तीनै ब्यक्ती हुन्, जसलाई प्रधानमन्त्री ओलीले निकै जोडबल गरेर मुस्लिम आयोगको अध्यक्ष बनाएका थिए ।

सिंगो संसदीय सुनुवाई समितिलाई पंगु बनाउँदै ओलीले समिमलाई आयोगको नेतृत्वमा नियुक्त गरिदिएका थिए ।

सरकारनै नाङ्गो रुपमा उमेशलालको पक्षमा उत्रिएपछि जीवनरामले समेत दबाब महशुश गरे ।

सदस्य सचिव आफै महासचिवका उम्मेदवार पुरेन्द्रविक्रम लाखेलाई समाएर खेलकुद संघका अध्यक्ष र प्रतिनिधिको घरदैलोमा पुगेपछि निर्वाचनको अघिल्लो दिन ओलम्पिक कमिटिको भवनमा भुँईचालोका साना तिना परकम्पननै गएको थियो ।

मतदानको अघिल्लो दिन जीवनरामले आफ्नो प्यानलका १९ जनाको रात्रीकालिन भेटघाट राखेका थिए । बैठकमा सबै १९ जना उपस्थित भए । सबैको उपस्थितले जीवनरामले राहतको सास फेरे । तर उनको मनमा रहेको छटपटी मुहारमा प्रष्ट देख्न सकिन्थ्यो ।

सरकार उमेशलालको पक्षमा नाङ्गो रुपमा उत्रिएको भन्दै जीवनरामले सबैका अगाडी दुखेसो पोखे । उनले संघहरुको स्वयत्ताको शब्द बैठकमा पटक पटक दोह¥याए । ओलम्पिक चुनावमा सरकारले गरेको हस्तक्षपको उदाहरण दिदै विस्तारै त्यो संघहरुमा समेत दोहरिने भन्दै प्रतिनिधिलाई विश्वासमा लिने काम गरे । उनले सबैसंग पुन एक पटक भोटको प्रतिबद्वता मागेका थिए ।

सोही समय उमेशलालले आफ्नो समुहको बैठक राखेका थिए । उमेशलालको बैठकमा समेत १९ जना सदस्यनै पुगे । केही सदस्य जीवनरामको बैठक सकेर सहभागी भएका थिए ।

सरकारनै लागेपछि उमेशलालविरुद्व जान नसकिने राय धेरै संघका प्रतिनिधिले राखेका थिए । सोही कारण चुनावमा उमेशलालको पल्लाभारी हुने लख काटिएको थियो ।

तर जब चुनावको मतपेटिका खुल्यो, धेरैका लागि परिणाम अप्रत्यासित थियो ।

जीवनरामले ७ भोटले उमेशलाललाई पछारेका थिए ।

चुनाव उमेशलालले हारेका थिए । तर उमेशलालको हारको पिडा खेलकुद मन्त्रालय र राखेपलाई बढी भएको हुनुपर्छ ।

पछिल्लो समय केन्द्रिय राजनीतिमा दुई तिहाईको सरकार चलाएका ओली ओलम्पिक चुनावमा पार्टी भित्रकै एक सामान्य कार्यकर्तासंग पराजित बनेका छन् ।

अर्को तर्फ दुई पटक राखेप सदस्य सचिवको रुपमा राखेपको नेतृत्व गरेका जीवनरामले पुन नेपाली खेलकुदमा आफु निर्विकल्प नेकपाको नेता रहेको प्रमाणित गरिदिएका छन् ।

पीताम्बरले फेरेको रंग

जीवनराम १९ जनाको प्यानल सहित ढुक्क थिए । यता सरकारका प्रतिनिधि बनेका उमेशलाल समेत १९ भोट गनेर बसेका थिए ।

तर जब उमेशलालले १० भोट मात्र पाए, पीताम्बरले ‘एक्सपोज’ भए । अर्थात उमेशलाललाई जिताउने जिम्मेवारी पाएका पीताम्बरले अन्तिममा जीवनरामलाई रोजेको खुल्न आयो ।

पीताम्बर तीनै ब्यक्ति थिए, जो बालुवाटार प्रधानमन्त्रीका अगाडी उमेशलाललाई जिताउने बाचा गरेका थिए । अनि मन्त्री क्वाटरमा बसेर संघका प्रतिनिधिसंग उमेशलालको पक्षमा भोट मागेका थिए ।

सरकारको निर्देशनसंग डराएर बसेका संघका प्रतिनिधिलाई सरकारको ग्यारेन्टी अन्तिममा पीताम्बरले गरिदिएपछि जीवनरामको पल्लाभारी भएको उमेशलाल पक्षको दाबी छ ।

पीताम्बरले राखेप उपाध्यक्षको हैसियतमा दुवै पक्षको सूचिमा रहेका संघहरुको जिम्मेवारी लिएपछि ओलम्पिक चुनावीले जीवनरामको पक्षमा ढल्किएको हाे ।

सोही अनुसार उमेशलालले पीताम्बर सहित खुलेका भनिएका ११ भोट मध्य १० भोट मात्र पाए । अस्थिर देखिएका बाँकी भोट पिताम्बरले सरकारी पक्षको जिम्मेवारी लिदै जीवनरामको पक्षमा खसाउन सफल भए ।

उमेशलालले खुलेका ११ मध्य १० भोटमात्र पाए । पुरै सरकार लाग्दा समेत बाँकी चार भोटको जोह गर्न नसकेपछि लगातार दोस्रो पटक जीवनरामसंग ओलम्पिक चुनावमा हार ब्यहोर्न बाध्य रहे ।

आवरणमा जीवनरामले चुनाव जित्न सफल भए । तर जीवनरामको चुनावी जितको ‘किंगमेकर’ पिताम्बर रहे । जीवनरामलाई जिताउन मात्र हैन, ओलम्पिकमा आफ्ना सम्भावित प्रतिस्पर्धी केशवकुमार विष्ट, पुरेन्द्र बिक्रम लाखे र समिम मिया अन्सारीलाई चुनावी दौडमा हराउन समेत उनी सफल रहे ।

आफ्नै प्यानलबाट अन्तरघात हुदाँ विष्ट रामजी श्रेष्ठसंग एक मतको झिनो अन्तरले पराजित हुदै सचिवमा हात धुन बाध्य भए । एक कित्तामा स्पष्ट हुन नसक्दा समिमले चुनाव हारेको विश्लेष पीताम्बरले सुनाउँदै हिडेका छन् ।
तर दुवै पक्षलाई समर्थनको आश्वासन दिदै उनी उप–महासचिवमा निर्विरोध हुन सफल भएका थिए ।



जीवनरामको जब्बर तयारी

जीवनरामले ओलम्पिक चुनावको तयारी निकै अघिबाट सुरु गरेका थिए । सोही अनुसार विधान संशोधन गर्दै उनले १७ सदस्यीय कार्यसमितिलाई १९ मा पु¥याएका थिए । उपाध्यक्षको संख्या बढाउँदै सचिव पदको सिर्जना गरेका थिए । जसले गर्दा सम्भावित आकंक्षीको व्यवस्थापन निकै अगाडी तय भईसकेको थियो ।

पदमात्र नभएर उनले केही प्रतिनिधिलाई विदेश यात्राको टिकट समेत थमाईदिएका थिए । सोही अनुसार निर्वाचन सकिए लगत्तै उपाध्यक्षद्वय अशोक रत्न बज्राचार्य र चुतुरानन्द वैद्य जापान उडेका छन् । त्यस्तै गोपाल सुन्दर लाल कक्षपतीले चाँडै पेरिस यात्रामा निस्कदैछन् ।

कार्यसमितिलाई कुनै जानकारी नभएको वैदेशिक भ्रमणलाई जीवनरामले चुनावमा प्रयोग गरेको सहजै अनुमान लगाउन सकिन्छ ।

अर्को महत्वपुर्ण कुरा उनले आफ्ना पक्षका प्रतिबद्व १९ जनाको टिम तयार गरेरै चुनावमा होमिएका थिए । ओलम्पिकमा प्रतिनिधि बनेका २७ मध्य २६ जना चुनावी प्रतिस्पर्धामा थिए ।

सबैलाई चुनाव जित्न टिमको भोट आवश्यक थियो । टिम बाहिर जाने जो कोही निर्वाचनमा बढारिने पक्का थियो । सोही कारण धेरै प्रतिनिधि सरकारी दबाब झेलेरै भएपनि जीवनरामलाई साथ दिए । केही प्रतिनिधि छाडेर जीवनराम पनि पुरै प्यानललाई निर्वाचनमा विजयी गराउन सफल रहे ।

उमेशलाल आत्मविश्वास

जीवनरामले १९ जनाको टिम तयार पारेपछि बाँकी ८ जना उमेशलालको पक्षमा हुनेनै भए । बाँकी ६ जना प्रतिनिधि कुनै हालतमा तान्न सकिने आत्मविश्वास उमेशलालले लिएका थिए ।

उमेशलालले ओलम्पिक चुनावमा केही गम्भिर कमजोरी गरे, जसका कारण उनी सम्पुर्ण राज्य लाग्दा समेत चुनावमा पराजित हुन पुगे ।

पहिलो – चार बर्ष अघि चुनाव हारेपछि खेलकुदमा उमेशलाल निष्कृय जस्तै रहे । जसका कारण उनको खेलकुदसंगको सम्बन्ध पातलियो । सोही कारण उनले ओलम्पिक चुनावमा प्रभाव देखाउन सकेनन् ।

दोस्रो – जीवनरामले टिम बनाएर चुनावी मैदानमा उत्रदा समेत उमेशलालले टिम बनाउन खासै ध्यान दिएनन् । महासचिवमा पुरेन्द्र विक्रम लाखे सहित चुनावी मैदानमा उत्रिएपनि धेरै प्रतिनिधिलाई उनले विश्वासमा लिन सकेनन् ।

तेस्रो – उमेशलालको पराजयमा राजीव बिक्रम शाहले दिएको धोकाको समेत चर्चा हुने गरेको छ । एथ्लेटिक्सबाट अघिल्लो दिन आफ्नो नाम सिफारिस गरेका उनले अन्तिम दिनमा राखेप उपाध्यक्ष पिताम्बरको दबाब झेल्नै सकेनन्, र पिताम्बरलाई प्रतिनिधिको अधिकार सुम्पिए ।

एथ्लेटिक्स संघको अध्यक्ष बन्न पिताम्बरलाई प्रतिनिधि बनाउने बाचा गरेका उनले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिदै प्रतिनिधिमा पिताम्बरलाई सिफारिस गरेका थिए ।

उमेशलाल प्यानलमा रहदै आएका राजीवले अन्तिम समयमा धोका दिए । त्यहीबाट प्रतिनिधि फुस्काएका पिताम्बर चुनावको ठुला खेलाडी बनेर निस्किए र उमेशलाललाई हराउन मुख्य भुमिका खेले ।

चौथो – उमेशलाललाई आधिकारिक उम्मेदवार घोषणा गरेको सरकारले निकै ढिला चुनावी तयारी सुरु गर्यो । सोही कारण अन्तिम दुई दिनमा उम्मेदवारलाई आफ्नो पक्षमा सहमत गराउन सरकार असफल बन्यो । महिना दिन अघिनै जीवनरामसंग गठजोड गरेका धेरै उम्मेदार अन्तिम समयमा ‘क्याम्प’ फेर्न सकेनन् ।


पीताम्बरको दोहरो चरित्र

राखेप उपाध्यक्ष रहेका पीताम्बरले चुनावमा दोहरो भुमिका खेले । जसका कारण प्रतिनिधिहरु अलमलमा परे । पीताम्बर सरकारको प्रतिनिधिको रुपमा चुनावमा प्रस्तुत भए । उमेशलाललाई जिताउने जिम्मेवारी पाएका उनले चलायमान भोटहरु जीवनरामको पक्षमा खसाली दिए ।

नेकपामा प्रधानमन्त्री ओली निकट मानिने पीताम्बरले संस्थापन पक्षलाई भने कडा टक्कर र धोका दिएको धेरैको बुझाई छ । राखेपको सदस्य सचिव हुने प्रयास असफल भएपछि उनले ओलम्पिकतर्फ आखाँ लगाएका थिए । तर प्रधानमन्त्रीकै उम्मेदवार हराउन पीताम्बरले ठुलो साहस देखाएको चर्चा खेलकुद वृत्तमा छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

जैब सुदूरपश्चिम फर्किए

जैब सुदूरपश्चिम फर्किए

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

रोबर्टो अब एलए ग्यालेक्सीमा

रोबर्टो अब एलए ग्यालेक्सीमा

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल