काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व सदस्य तथा त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ घाइते भएका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबमा जारी पहिलो संस्करणको 'प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप' राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलको दौरान मान बहादुर घाइते भएका हुन् ।
नेपाल पुलिसविरुद्धको फाइनल खेलको दोस्रो सेट चलिरहदा मान बहादुरले चोट बोकेका हुन् । मान बहादुरको एन्कलमा चोट लागेको आर्मीका एक पदाधिकारीले जानकारी दिए ।
खेलको दौरान हल्का वर्षा भएपछि कोर्ट चिप्लो हुँदा मान चिप्लिएर लडेका थिए । उनको चोटको पूर्व विवरण भने एन्कलको एक्सरे गरेपछि मात्र थाहा हुने बताईएको छ ।
वर्षाको कारण पुलिस र आर्मीबीचको फाइनल खेल समेत रोकिएको छ । खेलमा पहिलो सेट आर्मीले २५-२३ ले जितेको छ भने दोस्रो सेट पुलिसले २५-२० ले जितेको छ । तेस्रो सेटमा आर्मी २३-१९ ले पछि रहेको छ ।