काठमाडौं । गण्डकी प्रदेश पहिलो संस्करणको 'प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप' राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सोमबार भएको रोमान्चक भिडन्तमा विभागीय टिम एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो ।
सुरुवाती दुई सेट गुमाएर पनि गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै एपीएफलाई हराएको हो । खेलमा सुरुवाती दुई सेट एपीएफले २६-२४ र २५-२३ ले जितेको थियो । त्यसपछिको तीन सेट २५-२१,२५-१९ र १६-१४ ले जित्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो ।
तेस्रो भएसँगै गण्डकीले नगद १ लाख प्राप्त गरेको छ । चौथो भएको एपीएफले ५० हजार प्राप्त गर्यो ।
प्रगतिशील यूवा नेपालको योजनामा जारी प्रतियोगिताको फाइनलमा भने त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आजै हुनेछ । विजेताले ५ लाख रुपैया हात पार्नेछ ।
यसअघि सेमिफाइनलमा एपीएफ पुलिस र गण्डकी आर्मीसँग पराजित भएको थियो ।