काठमाडौं । पहिलो संस्करणको 'प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप' राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता भोलि (मंगलबार) सुरु हुँदैछ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछ ।
आयोजक प्रगतिशील यूवा नेपालले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा ढोरपाटन ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल क्लबबीच खेल हुनेछ ।
यस्तै दोस्रो खेलमा आयोजकले नेपाल पुलिस क्लबको सामना गर्नेछ । तेस्रो खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्दा अन्तिम खेलमा गल्कोट युवा क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्ने आयोजकले जनाएको छ । यो पुरुष भलिबलमा अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशी हो । यस्तै दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल पाउने आयोजकले जनाएको छ । त्यसबाहेक स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।
खेल तालिका :