काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाल फर्कन आफु निकै उत्सुक रहेको बताएका छन् ।
एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलकाे टिम भैरहवा ग्लाडीयटर्सको मुख्य प्रशिक्षकको रुपमा नेपाल फर्कन लागेका पुबुदुले नेपाली क्रिकेटलाई पुन योगदान गर्ने अवसर प्राप्त भएको बताएका छन् ।
आगामी फागुन १७ देखि चैत १ गतेसम्म सञ्चालन हुने ईपीएलको चौथो संस्करणमा भैरहवाले पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
मुख्य प्रशिक्षकमा नियुक्त लगत्तै उनले भनेका छन्, ‘भैरहवा ग्लाडीयटर्ससंग जोडिन म निकै उत्सुक छु । नेपाल सधै मेरो दिलको धेरै नजिक रहेको छ । यो अवसरका लागि म धेरै आभारी छु । फेरी नेपाल फर्किएर नेपाली क्रिकेटलाई योगदान गर्न पाएको छु ।’
नेपाली क्रिकेटको सफलताका प्रेरक मानिने पुबुदुकै नेतृत्वमा नेपालले टी-ट्वान्टी विश्वकप खेलेको थियो ।
उनी प्रशिक्षकका रुपमा आएपछि नेपालले विश्व क्रिकेट लिग डिभिजन ४ हुदै दुईसम्मको यात्रा तय गरेको थियो ।