पोखरा । तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबकी मनिषा चौधरी सर्वोकृष्ट खेलाडी घोषित भएकी छिन् ।
पोखराको लामाचौरमा सोमबार सम्पन्न प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन योगदान गरेकी मनिषा सर्वोकृष्ट चुनिएकी हुन् । सर्वोकृष्ट बनेसँगै मनिषाले पाँच हजार नगद प्राप्त गरिन् ।
सोमबार भएको फाइनलमा पुलिसले होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
यस्तै प्रतियोगिताको विधागततर्फ पनि पुलिसकै खेलाडीको वर्चश्व रह्यो ।
पुलिसकी कप्तान कोपिला उप्रेती उत्कृष्ट स्पाइकर र पुलिसकी पुष्पा चौधरी उत्कृष्ट ब्लकर भईन् ।
यस्तै न्यु डायमन्डकी झरना श्रेष्ठ उत्कृष्ट सर्भर, दाङकी पबित्रा श्रीपाली उत्कृष्ट क्विकर, गण्डकीकी रश्मिता दुरा उत्कृष्ट डिफेन्डर भईन् ।
विधागततर्फ उत्कृष्टहरुले जनही ३/३ हजार प्राप्त गरे ।