काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेको महिला भलिबल टिमबाट ७ खेलाडी बाहिरिएका छन् ।
एक महिना लामो बन्द प्रशिक्षणपछि २५ खेलाडीबाट पहिलो चरणमा ७ खेलाडी बाहिरिएका हुन् । नेपाल भलिबल संघले दोस्रो चरणमा ७ खेलाडी टिम बाहिर राख्दै १८ सदस्सीय टिमको छनोट गरेको हो ।
बन्द प्रशिक्षणबाट बाहिरिनेमा लक्ष्मी कुमाल, ममता डगौरा, कविता भट्ट, यमकली कुँवर मगर, पुष्पा शाही, सरस्वती कटेल, चन्द्रकला खरेल रहेकी छिन् ।
यस्तै नियमित कप्तान विनिता बुढाथोकी , नेविका चौधरी, मञ्जु गुरुङ र कोपिला उप्रेतीले भने प्रारम्भिक टोलीमै स्थान बनाउन असफल भएका थिए । भलिबल संघले आठौं राष्ट्रिय खेलकुद र विभिन्न घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएको थियो ।
सागमा स्वर्ण जित्ने लक्ष्यसहित नेपालले गत साउन १ गतेबाट प्रशिक्षण गरिरहेको छ । नेपाली टिमलाई प्रशिक्षक जगदिश भट्ट र शलिना श्रेष्ठले प्रशिक्षण दिईरहेका छन् ।
साग खेलकुदमा नेपाली महिला भलिबलले ३ काँस्य जितिसकेको छ ।
१३ औं साग आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुदैछ ।
१८ सदस्सीय महिला टिम :
प्रतिभा माली
सरस्वती चौधरी
निरुता ठगुन्ना
उषा भण्डारी
उषा विष्ट
रेष्मा भण्डारी
संगम महतो
जानकी भण्डारी
अरुणा शाही
शान्ति थारु
आरती सुवेदी
सुनिता खड्का
पुनम चन्द
सोफिया पुन
हिरा केसी
कमला पुन
सलिना श्रेष्ठ
शान्ती तामाङ