काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका महिला भलिबल टोलीलाई सोमबार जर्सी प्रदान गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले सोमबार प्रशिक्षणमा रहेका महिला भलिबल टोलीलाई जर्सी प्रदान गरे । करिब २० हजार मुल्य बराबरको जर्सी निमित्त सदस्य–सचिव गुरुङले खेलाडीलाई हस्तान्तरण गरे ।
सागको बन्द प्रशिक्षण २५ खेलाडी रहेका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र विभिन्न घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समावेश गर्दै नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाएको हो ।